समदर्शी संचार, मङ्गलबार, २५ फागुन, २०७७, साँझको ०६:१७ बजे
गीतकार आन्छुमे नसानको पालम सार्वजनिक भएको छ । लामो समय देखि लिम्बु भाषामा गीत लेखेर लोकप्रियता कमाएका आन्छुमे नसानले दमक झापाबाट संचालित माङसेबुङ न्यूज टिभीबाट पालम सार्वजनिक गरेका हुन् ।
चर्चित गायिका मनु नेम्बाङ र नरेश लिङ्देनको सुमधुर स्वर, नरेश लिङदेनको संगीत संकलन रहेको पालम निङ्वासोको म्यूजिक भिडियो गीतकार स्वयमले निर्देशन गरेका छन् । इलामको माङसेबुङको सेरोफेरोमा छायाङ्कन गरिएको भिडियोमा गंगा फियाक र नोसनन सुसेलीको मुख्य भुमिका रहेको छ ।
असोक लोहोरुङको संगीत संयोजनमा बनेको पालम एभरेष्ट स्टुडियो काठमाण्डौबाट रेकर्ड गरिएको छ । छायाङ्कनकार प्रविन सेलिङ सेन्दो खिचेको भिडियो अत्यन्त मौलिक र जिवन्त बनेबको छ ।
निङ्वासोमा गाउँले जीवनको मौलिक जीवनशैली प्रस्तुत गर्न खोजिएको छ । जसमा धान नाच्दा नाच्दै केटीले माया पिरती बसेको त्यसपछि विवाह भएको कल्पनामा डुबेको कथाबस्तु समेटिएको छ । कथा बग्दै जादा किराती संस्कारका लोभलाग्दा किस्साहरु देख्न पाइन्छ । जस्तै धान नाच्ने क्रममा केटा र केटीको खुट्टा टेकिएमा ढोगेर माफी माग्ने चलनलाई आकर्षक रुपमा प्रस्तुत छ । लिम्बु समुदायमा धान नाचेर जितेमा विवाह गर्ने प्रचलन रहको छ । धान नाच लिम्बुहरुको पुरानो संस्कृती हो, जुन जीवन पर्यन्त रहनेछ भन्ने सारमा भिडियो बनेको छ ।
लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...
समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...
दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...
बिर्तामोड, बैशाख ५। शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा सोमबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद...
हाम्रो बारेमा
समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।