शुक्रबार, १६ चैत, २०८० 

म्यान्मारको आन्दोलनमा गोली लागेर ढलेकी किशोरीको मार्मिक कथा

तस्बीरः म्यान्मारको सैनिक कूविरुद्ध भइरहेको प्रदर्शनमा गोली लागेर मारिएकी १९ वर्षिया किशोरीको अन्त्येष्टिमा जम्मा भएको भिड

तस्बीर स्रोतः REUTERS

गोली लागेर ढल्ने एन्जल नामले परिचित क्याल सीनको टिसर्टमा लेखिएको थियो, “सबै कुरा ठिक हुनेछ।’’

उनको बलीदानीको कदर गर्दै सामाजिक सञ्जालमा उनलाई व्यापक श्रद्धाञ्जली दिइएको छ । कैयौँले उनलाई ’हिरो’ भनेका छन् ।

गत माघ १९ गते सेनाले सैनिक कू गरेयता म्यान्मारमा सैनिक शासनको अन्त्य र बन्दी नेताहरूको रिहाइको माग गर्दै ठूला प्रदर्शनहरू भइरहेका छन् । बुधबार विभिन्न ठाउमा भएको प्रदर्शनमा ३८ जनाको मृत्यु भइसकेको छ । त्यो दिन कू यताकै रक्तपातपूर्ण दिन रहेको थियो ।

म्यान्मारमा जीवन ’दाउमा’ राखेर प्रदर्शनमा उत्रिएका ५४ बढी प्रदर्शनकारीहरू मारिएको राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले जनाएको छ ।

मृतकको सन्देश भाइरल
राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्त मिचेल ब्याचलेटले सुरक्षा फौजलाई ’शान्तिपूर्ण प्रदर्शनकारीहरू विरुद्ध क्रूर कारबाही रोक्न’ आग्रह गरेकी छन्। अहिलेसम्म दर्जनौँ देशहरूले म्यान्मारको हिंसाको निन्दा गरेका छन् तर कूका नेताहरूले त्यसलाई बेवास्ता गरिरहेका छन् ।

एन्जल, तस्बीर स्रोतः REUTERS

समाचार संस्था रोयटर्सका अनुसार शोकमग्न मानिसहरूले क्रान्तिका गीत गाउनुका साथै कूविरुद्ध नारा लगाएका थिए ।

ज्यान गुमाउँदा किशोरीले लगाएको ’एभ्रिथिङ्ग वील बी ओके’ अर्थात् ’सबै कुरा ठिक हुनेछ’ लेखिएको टिसर्टको तस्बिर भाइरल भएको छ ।
प्रदर्शनमा भाग लिनु खतरनाक भएको जानकार उनले फेसबुकमा आफ्नो मृत्युपश्चात् अङ्गदान गरिदिन आग्रह गरिएको सन्देश लेखेकी थिइन् ।

म्याट थू बुधवारको प्रदर्शनमा उनीसँगै थिए ।

उनका अनुसार एन्जलले प्रदर्शनकारीले अश्रुग्यासको पिरोपना पखाल्न सकून् भनेर पानीको पाइप खोल्न त्यसमा खुट्टाले हानिन् ।

प्रसन्न केटी
म्याट थूले समाचार संस्था रोयटर्सलाई बताए अनुसार प्रहरीले गोली चलाउन थालेपछि एन्जलले उनलाई सहयोग गर्ने प्रयास गरेकी थिइन् ।

“उनले मलाई बस्, नत्र तिमीलाई गोली लाग्छ भनिन्,“ त्यो क्षण सम्झिँदै उनले सुनाए, “उनले अरू प्रदर्शनकारीको ख्याल गरिन् र सुरक्षा गरिन् ।“
उनका अनुसार एन्जलमाथि सुरुमा प्रहरीले अश्रुग्यास प्रहार गर्यो र त्यसपछि गोली हानेको थियो ।

म्याट थूले गत चुनावमा पहिलो पटक भोट खसालेकी एन्जल एक ’प्रसन्न केटी’ भएको बताए।

“उनले परिवारलाई र परिवारले उनलाई निकै माया गर्थे,“ उनले भने, “हामी युद्धमा छैनौँ । सर्वसाधारण माथि गोली चलाउनुपर्ने कुनै कारण छैन।“

सामाजिक सञ्जालमा एन्जललाई पनि श्रद्धाञ्जली दिएका छन्
एकजना साथीले फेसबुकमा लेखेका छन् “मेरो मुटुले निकै दुखेको अनुभव गरेको छु ।’’
अर्काले लेखेका छन्ः “चिरशान्तिको कामना साथी, हामी यो क्रान्तिमा अन्तिम सम्म लड्ने छौँ।’’

सेनाले म्यान्मारकी नेत्री आङ सान सू ची रा गिरफ्तार गर्दै एक वर्षको लागि सङ्कटकाल घोषणा गरेको छ ।
उक्त घटनापछि पनि म्यान्मारमा प्रदर्शन रोकिएका छैनन् । याङ्गुन र मान्डले लगायत अन्य सहर र नगरहरूमा दशौँ हजार मानिसहरू सडकमा उत्रिएका थिए ।

राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त ब्याचलेटले जारी गरेको वक्तव्यमा कूयता संसद् सदस्य र प्रदर्शनकारीहरू सहित १,७०० भन्दा धेरै मानिस गिरफ्तार गरिएको उल्लेख छ ।

एन्जलको मृत्युमा विश्वका हरेक मानिसहरु स्तब्ध भएका छन् । नेपालका सर्वसाधरणले पनि सामाजिक सञ्जालहरुमा सहानुभूती जनाउँदै स्टाटस लेखेका छन् । तर उनको मृत्युबारे म्यान्मारको सेनाले कुनै प्रतिक्रिया दिएको छैन।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।