शुक्रबार, १४ बैशाख, २०८१ 

हत्यारा जोगाउन खोजेको भन्दै उर्लावारी प्रहरी कार्यालय घेराउ

मोरङको उर्लावारीका एक युवकको हत्या घटनामा संलग्न अभियुक्तलाई जोगाउन खोजेको भन्दै मृतकका आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय उर्लाबारी घेराउ गरेका छन् । गत पुस ५ गते मृत फेला परेका उर्लाबारी ६ का ३१ वर्षीय युवा प्रवीण बास्तोलाको हत्या भएको भन्दै मृतकका परिबार आन्दोलित बनेका हुन् ।

आइतबार प्रहरी कार्यालय उर्लाबारी पुगेका उनीहरूलाई प्रहरीले बल प्रयोग गरी हटाएपछि आज पुन उनीहरू प्रहरी कार्यालय अगाडी प्रदर्शन र नाराबाजी गरिरहेका छन् । घटनाको मिसिल बनाउँदा प्रहरीले मृतकको सट्टामा अर्कै व्यक्तिको तस्बिर राखेको मृतककी बहिनी सदिक्षा बास्तोलाले बताएकी छन् । यस्तै मृतकका ज्वाइँ दीपेन्द्र पौडेलले यो घटनामा प्रहरीको पनि मिलेमतोको आशङ्का गरेका छन् । उनले घटनालाई कमजोर पार्न खोजेर प्रहरीले न्याय मारेको उनले बताए । यसैबीच इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेलले प्रहरीले घटनामा कुनै कमी कमजोरी नगरेको बताएका छन् । उनले प्रहरीले गरेको अनुसन्धानमाथि शङ्का नगर्न पनि आग्रह गरेका छन् ।

घटनाको छानबिनमा इलाका प्रहरी कार्यालयले लापरवाही गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गर्न थालेपछि जिल्ला प्रहरी मोरङले प्रहरी नायब उपरीक्षक मानबहादुर राईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा प्रहरी नायब उपरीक्षक राईको नेतृत्वमा प्रहरी सहायक निरीक्षक दिवस कुँवर र प्रहरी हवल्दार रमेश थापा छन् । मृतकका परिवारले किटानी जाहेरी दिएपछि जाहेरीका आधारमा पक्राउ परेका व्यक्तिहरुलाई सरकारी वकिलको कार्यालयसम्म र्पुयाएको र ठोस सबुत प्रमाणको अभावमा उनीहरूलाई सफाइ दिएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।