बिहिबार, ०६ बैशाख, २०८१ 

पत्रकार मञ्च दमकको ११औ. वार्षिक साधरणसभा सम्पन्न

पत्रकार मञ्च दमकले आज ११औ वार्षिक साधरणसभा सम्पन्न गरेको छ ।

पत्रकार मञ्च दमकका अध्यक्ष मन कुमार गदालको अध्यक्षता, राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालको प्रमुख आतिथ्यता र दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रेस नेपालका केन्द्रीय उपाध्यक्ष कमन देवान, पत्रकार महासंघ प्रदेश १ का सभासद मीन प्रकास उप्रेती, प्रेस संगठन नेपाल झापा संयोजक टिकाराम उप्रेती, मञ्चका संस्थापक अध्यक्ष गञ्ज बहादुर दाहाल, पुर्व अध्यक्षहरु भुपेन्द्र तिम्सिना, कृष्ण कार्की, गोपाल झापाली र निवर्तमान अध्यक्ष बिष्णु पोख्रेलको उपस्थीति रहेको थियो ।

पूर्व अध्यक्ष कृष्ण कार्कीको संयोजकत्वमा गोपाल झापाली र भुपेन्द्र तिम्सिना रहेको तीन सदस्यीय अध्यक्ष मण्डल गठन गरी सो अध्यक्ष मण्डलले संचालन गरेको बन्दसत्रले अध्यक्षको प्रतिवेदन, साँगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र पत्रकार अक्षयकोषको कार्यविधि २०७७ सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो ।

सोही अवसरमा पत्रकार मञ्च दमकले संचालन गरेको पत्रकार अक्षयकोषका लागि प्रमुख अतिथि देवेन्द्र दाहालबाट रु ५० हजार, विशेष अतिथि गोकुल श्रेष्ठबाट रु ५ हजार ५ सय ५५ रुपैया सहयोग रकम प्राप्त भएको थियो ।कार्यक्रम संस्थाका सचिव देशराज नेम्बाङले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।