बुधबार, ०५ बैशाख, २०८१ 

दमकमा सातौं फुड फेस्टिबल

झण्डै एक बर्ष लामो कोरोना संक्रमण र त्यसका कारण सरकारले जारी गरेको लकडाउनका कारण होटल तथा पर्यटन क्षेत्र निक्कै ठुलो मारमा परेको छ । खास गरी विभिन्न ठाउँबाट आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरेर खुलेका होटल व्यवसाय यस बीचमा ठप्प नै थिए । एकाध ठुला होटलहरुमा छिटफुट बाहेक व्यवसायिक कारोबार हुन सकेका छैनन् ।

चुनौतीका विच झापाको दमकमा विभिन्न खानाका परिकार पस्किँदै फुड फेस्टिबल हुने भएको छ । दमकका होटल व्यवसायीहरु सातौं फुड फेस्टिबल आयोजनाको तयारीमा जुटेका हुन् । होटल व्यवसायी संघ दमकको आयोजनामा यस बर्ष २३ फागुनदेखि २९ फागुन सम्म दमक फुड फेस्टिबल आयोजना गर्न लागिएको हो । दमक बसपार्क नजिकै आयोजना गरिने सो फेस्टिबलमा विभिन्न जातजातीका खानाका विशेष परिकार तथा कृषि उपजहरुको समेत स्टल राखिने जनाइएको छ ।

संघले पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो । फेस्टिबल सम्पन्न गर्न भुपेन्द्र न्यौपानेको संयोजकत्वमा मूल समिति र अन्य विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

मूल समितिका अतिरिक्त उपसमितिहरुले आआफनो तर्फबाट आवश्यक तयारी धमाधम भइरहेको संघका अध्यक्ष राजेन्द्र दंगालले बताए । सो फेस्टिबलमा करिब एक लाख अवलोकनकर्ताहरु आउने र करिब ५० लाख बराबरको व्यावसायिक कारोबार हुने अनुमान गरिएको समितिका सदस्य काजी राउतको भनाई छ ।

फेस्टिबल सम्पन्न गर्न दमक नगरपालिका र पर्यटन बोर्डले समेत सहयोग गर्ने बताइएको छ । फेस्टिबलका माध्यमबाट स्थानीयस्तरमा पर्यटन प्रवद्र्धन तथा मौलिक खानेकुराहरुको संरक्षण हुने आयोजकले विश्वास लिएको छ । बर्षेनी आयोजना गरिँदै आएका फेस्टिबलहरुमा जस्तै यस बर्ष पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरु आकर्षकका रुपमा रहने संयोजक न्यौपानेले बताए ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।