बिहिबार, १३ बैशाख, २०८१ 

जसपा दमक वडा ६ मा पौंदार

दमक, ७ फागुन । जनता समाजवादी पार्टीको दमक वडा नम्बर ६ समिति शुक्रबार गठन भएको छ ।
सुनिता पौंदारको अध्यक्षतामा समिति गठन भएको हो । समितिका उपाध्यक्ष, सचिव र सह-सचिवमा क्रमश: जयराम राजवंशी, राजेश साह र टंक दर्नाल चयन भएका छन् । सदस्यमा दिनेश साहा, तेजबहादुर वि.क. छन् ।

त्यस्तै सोही भेलाका बीच समाजवादी ट्रेड युनियन महासंघ निकट समाजवादी धातु श्रमिक संघको दमक नगर समिति गठन भएको छ ।
विजय दुतराजको अध्यक्षतामा गठित समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश: हिराज दर्नाल, दिपेन्द्र घतानी, अशोक दुतराज र राम तिरुवाचयन भएका छन् । अन्य सदस्य छन् ।

वडा भेलालाई सम्बोधन गर्दै जसपा प्रदेश १ सदस्य एवम् कार्यालय प्रमुख कमन देवानले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई परास्त गर्न प्रगतिशील र उत्पीडित जनता एकजुट हुनुको विकल्प नरहेको बताए ।

कार्यक्रममा प्रदेश सदस्यहरु धिरेन लावती, प्रज्वल भण्डारी, प्रेस नेपाल झापाका अध्यक्ष देशराज नेम्बाङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा शिल्पी विशेष समितिका प्रदेश १ सदस्य मनकुमार विक, जसपा दमक अध्यक्षद्वय खेम दाहाल, चन्द्र राजवंशी, समाजवादी ट्रेड युनियन महासंघ केन्द्रीय सदस्य अनिल लामा लगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।