बिहिबार, १५ चैत, २०८० 

झापाका १० ओटा स्थान पर्यटकीय छनौटमा

पर्यटन प्रवद्र्धनको विकास गराउने उद्देश्यले सरकारले छनोट गरेका देशभरका २०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० ओटा स्थान छनोट भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा जिल्लाका विभिन्न १० वटा स्थानलाई पर्यटकीय गन्तव्यहरुको सूचीमा समावेश गरिएको छ । ती स्थानको प्रवद्र्धनको लागत भने रु ४८ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

मन्त्रालयको छनोटमा परेका गन्तव्य योजनाहरुमा अर्जुनधाराको हलुवागढ पर्यटन प्रवद्र्धन परियोजनाको कुल लागत रु छ करोड ७० लाख अनुमान गरिएकामा मन्त्रालयबाट रु चार करोड ३५ लाख छुट्याइएको छ । यस्तै शिवसताक्षीको दोमुखा चिल्ड्रेन पार्कको कुल लागत रु दुई करोड अनुमान रहेकामा रु एक करोड ३० लाख मन्त्रालयबाट विनियोजन हुने तय भएको छ ।

कन्काई नगरपालिकाको कन्काई सामुदायिक वनस्पति उद्यानका लागि रु छ करोड ९० लाख कुल लागत अनुमान रहेकामा रु चार करोड ४९ लाख विनियोजन हुने भएको छ । रु छ करोड ७३ लाख अनुमान रहेको भद्रपुरको साइन्स सिटीका लागि रु चार करोड ३८ लाख मन्त्रालयबाट विनियोजन हुने भएको छ ।

प्रस्ताव आह्वान गरी छनोट गरिएका झापाका अन्य पर्यटकीय गन्तव्यमा हल्दिबारीको भेलागढी लोकतान्त्रिक शहीद स्मृति पार्क, बाह्रदशीको साधूपति झिलसिमसार, नेपालकै होचो भूभाग कचनकवल गाउँपालिकाको केचना स्तम्भ तथा झिल, गौरीगञ्जको कोरोवारी सिमसार तथा कमल गाउँपालिकाको साधुहोली सिमसार रहेका छन् ।

यी प्रत्येक योजनाको कुल लागत रु पाँच करोडका दरले अनुमान गरिएको छ भने मन्त्रालयले भने रु तीन करोड ५० लाखका दरले बजेट विनियोजन गरेको छ । यस्तै रु एक करोड ५० लाख कुल लागत अनुमान रहेको दमक नगरपालिकाको इन्द्रेणी तालका लागि रु ९८ लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

झापामा छनोट गरिएका योजनाहरुको कुल लागत रु ४३ करोड ८३ लाख अनुमान गरिएको भए पनि यो वर्ष मन्त्रालयले रु ३३ करोड बजेट विनियोजन गरेको जनाइएको छ । बाँकी रकम साझेदारका रूपमा स्थानीय तहले स्रोत जुटाउने उल्लेख छ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।