धनकुटा। ब्लड क्यान्सर भएर काठमाण्डौको कान्ति बाल अस्पतालमा उपचाररत धनकुटाको छथर जोरपाटी १ की साक्षी लिम्बूलाई तीन लाख १४ हजार १ सय ५ रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
धनकुटामा आयोजित एक कार्यक्रममा लिम्बूको सहयोगका लागि देश तथा विदेशबाट संकलित रकम प्रदान लिम्बूका बुवा गणेश लिम्बूलाई हस्तान्तरण गरिएको हो। धनकुटाको सहिदभूमि गाउँपालिका–७ घर भइ हाल जापानमा रहेका मिलन छिलिङको अगुवाईमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको हो ।
सहयोग रकम शिक्षा विकास तथा समन्वय इकाई धनकुटाकी प्रमुख मोहन राईले हस्तान्तरण गरेकी हुन । रकम संकलन गर्ने छिलिङ सहिदभूमि ७ को सिद्धदेवि माविका पूर्व शिक्षक समेत रहेकाले सोहि विद्यालयको आयोजनामा रकम हस्तान्तरण गरिएको हो ।