बुधबार, १२ बैशाख, २०८१ 

किशोरीको बलत्कारपछि विभत्स हत्या

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी बस्ने १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि बीभत्स हत्या भएको छ । घटनामा संलग्न हुने अहिलेसम्म फरार रहेका छन् । बुधबार विद्यालयबाट घर फर्कने क्रममा बीच बाटाबाटै जंगलमा लगेर उनको बलात्कारपछि हत्या भएको जनाइएको छ । शनिबार जिल्ला अस्पताल बैतडीमा उनको शव पोस्टमार्टम गरिएको छ । पोस्टमार्टम गर्दा ती किशोरीको बलात्कारपछि हत्या गरिएको पाइएको अस्पतालको विशेष स्रोतले जनाएको छ ।

बुधबार २ बजे विद्यालयबाट फर्कने क्रममा बाटोबाट करिब ५० मिटर तल लवलेक सामुदायिक वनको जंगलमा पुर्याई भागरथीको बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘प्रारम्भिक अनुसन्धानअनुसार बलात्कार गरी हत्या भएको देखिएको छ,’ ‘एकजनाले बलात्कार गरेर हत्या गरेको हो या सामूहिक बलात्कार भएको हो भन्नेचाहिँ खुल्न सकेको छैन।’
नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं, विस्तृत कुरा पछि खुल्नेछ ।’

कक्षा १२ मा अध्ययनरत भागरथी सधै झैं बुधबार बिहाने सनातन धर्म सिरकोट माध्यमिक विद्यालय गइन् । पाँच विषयको कक्षा लिई घर फर्किन् । विद्यालय नजिकैको खोचलेक बजारमा उनलाई २ बजे स्थानीयले देखेका थिए । बुधबार साँझसम्म उनी घर फर्किनन् । आफन्तले उनलाई खोज्न थाल े। ‘उनका साथीहरूलाई सोधेर सबैतिर खोजी गर्यौं,’ उनका काका शंकर भट्टले भने, ‘कतै पनि पत्ता नलागेपछि दोस्रो दिन बिहीबार स्थानीय खोचलेक प्रहरी चौकीमा खोजी गरिदिन भन्दै निवेदन दर्ता गरायौ ।’ त्यतबेलासम्म आफूहरूलाई कुनै साथीको घर गएको वा केटासँग भागेको होला भन्ने अनुमान गरेको उनले बताए ।

बिहीबार साँझ विद्यालयबाट घर फर्कर्दै गर्दा चडेपानीका तीन विद्यार्थीले बाटोभन्दा तल मृत अवस्थामा भागरथीलाई देखेका थिए । तल्लो शरीर निर्वस्त्र रहेको, यौनांगमा रगत बगेको, हात काटिएको, शरीरभरि नीलडाम भएको, घाँटीमा चोट लागेको अवस्थामा शव फेला परेको काका भट्टले बताए । बिहीबार साँझ नै स्थानीय प्रहरी र आफन्त घटनास्थल पुगे पनि शुक्रबार शव घटनास्थलबाट उठाइएको थियो ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुखसहितको टोलीका साथै जिल्ला अस्पतालका डा. वसन्त जोशी र सरकारी अधिवक्तासमेत घटनास्थल पुगे । शनिबार डा. जोशीले नै उनको शवको पोस्टमार्टम गरेका हुन् । धनगढीबाट तालिमप्राप्त कुकुर पनि घटनास्थल पुर्याइएको थियो । तालिम प्राप्त कुकुरले नै उनको मोबाइल पत्ता लगाएको थियो । मोबाइलको ब्याट्री निकालेर फालिएको अवस्थामा थियो । कापीकिताब शव छेउमा भेटिएका थिए । चप्पल बाटो र शवका बीचमा भेटिएको थियो ।

 

किशोरीको बलत्कारपछि विभत्स हत्या

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।