आइतबार, ११ चैत, २०८० 

झापामा ४ सय जनाले जसपा पार्टी प्रवेश गरे


दमक, १९ माघ । झापाको दमकमा आयोजिता जसपा पार्टीको एक कार्यक्रमबाट चार सय जना बढि नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । सोमबार दमक आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका वरिष्ट नेता राजेन्द्र महतो नवप्रवेशिहरुलाई अविर तथा खदा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

हल्दिवारी गाविसका पूर्व प्रधानपञ्च तथा राप्रपाका पूर्व केन्द्रीय परिषद सदस्य लक्ष्मी प्रसाद लावती, नेपाल आदिवासी जनजाति महासंघ दक्षीण कोरिया शाखा पुर्व अध्यक्ष पवन चाम्लिङ राई, आदिवासी जनजाति महासंघ कमल गाँउकमिटी सल्लाहकार तथा किरात याक्थुम चुम्लुङ कमल गाउँकमिटी कोषाध्यक्ष चन्द्रकला सुब्बा लगायत चार सय जनाको संख्या पार्टी प्रवेश गरेको छ ।

कार्यक्रममा पार्टीका वरिष्ट नेता राजेन्द्र महतोले नेकपा र कांग्रेसको राजनीतिक एजेण्डा सबै समाप्त भइसकेको भन्दै अब हिमाल, पहाड तराइका जनताहरु एक भएर धर्म निरोपेक्षता, संघीयता र गणतन्त्रलाई संस्थागत गर्न लाग्नु पर्ने बताए ।

कार्यकारिणी सदस्य युवराज कार्कीले सुन काण्ड, एनसीएल काण्डहुदै मुलुकलाई भ्रष्ट्रचारको उच्चतम सूचिमा पुर्याउँन महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रधानमन्त्री ओली प्रति व्यंग्यात्मक टिप्पणी गरेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य भुराज राई, केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, प्रदेश नं. १ का प्रदेश सांसद राधा थापा, फक्तालुङ योङहाङ, समाजवादी युवा संघ केन्द्रीय सदस्य महेश राना मगर, पार्टी झापा जिल्ला अध्यक्ष दिपेन बाला राई लगायतले बोलेका थिए ।

विभिन्न साँस्कृतीक कार्यक्रम सहित भएको कार्यक्रममा रोशन लिम्बूको अध्यक्षता रहेको थियो भने महेन्द्र कटुवालले स्वागत मन्तव्य राखेका थिए ।

‘दिगो निकासका लागि संविधान संशोधन हुनुपर्छ’ / वरिष्ठ नेता महतो


दमक २०, माघ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुर्नस्थापना र निर्वाचन अहिलेको स्थायी समाधान नभएको बताउनु भएको छ ।

जनता समाजवादी पार्टी दमक नगर समितिले आज दमकमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले वर्तमान समयमा यी दुवै बिकल्प मुलुकको लागि स्थायी समाधान नभएको बताउनु भएको हो । पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा दमक आउनु भएका पूर्व मन्त्री महतोले पत्रकारको जिज्ञासामा संसद पुर्नःथापना गरेर पुष्प कमल दाहाल प्रचण्ड लगायतलाई प्रधानमन्त्री बनाए पछि पनि भोली संसद बिघटन हुदैन भन्ने के ग्यारेन्टी छ ?

प्रश्न गर्दै दिगो निकासका लागि संविधान संशोधन हुन पर्ने बताउनुभयो । विगतका राजा महाराजा र कांग्रेसका नेताहरूले पनि संविधानलाई कुल्चिएको र प्रतिगमनकारी कदम चालेको प्रसङ उठाउँदै जनताबाट निर्वाचित अहिलेका नयाँ राजा केपी ओलीले पनि संविधान कुल्चिएको महतोको भनाई छ ।

पार्टीका नगर समिति अध्यक्ष भेषराज भटराई र चन्द्र राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा पहिचानवादी र आन्दोलनकारीहरू एक भएर राष्ट्रिय मुक्तिको आन्दोलन गर्नु पर्ने भन्दै नेता महतोले धारण राख्नुभएको छ । सबैको अपन्तो महसुस गर्ने संविधान नभए सम्म प्रतिगमन भइ रहने उहाँको र्तक छ ।

प्रधानमन्त्री ओलीको गृह नगर दमकमा भएको पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्री महतोले ओली सरकारले मधेसवादी दललाई आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छ भनेर धेरै समय झुकाएकोे गुनासो गर्नुभयो । लोकतन्त्र माथि प्रहार भएको संविधान ‘कु’ भएको भन्दै प्राप्त उपलब्धि गुम्न नदिन शान्ति पूर्ण आन्दोलनमा लाग्न आपना नेता कार्यक्रर्तालाई निर्देशन दिनुभयो ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।