बुधबार, १४ चैत, २०८० 

फाल्गुनन्द साकोसले खोल्यो उर्लाबारी सदस्य सम्पर्क कार्यालय

दमकमा प्रधान कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्य सम्पर्क कार्यालय विस्तार गरेको छ ।

आज मोरङको उर्लाबारी नगरपालिका बरगाछीमा एक औपचारिक कार्यक्रम गरी सदस्य सम्पर्क कार्यालयको उद्घाटन गरेको हो ।

संचालक समिति अध्यक्ष पदम लिङ्देन संकल्पको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि संस्थाको संस्थापक सदस्य एवं स्थानिय समाजसेवी मेहरमान लाबुङ, बिशेष अतिथि स्वास्थ्यकर्मी बालचन्द्र सुब्बाको उपस्थिति रहेको थियो । अरनिको हस्पीटल प्राली उर्लाबारीका संस्थापक आईङबा पोमु, महिला नेतृ दिलु लिङ्देन, लगायतको उपस्थीति रहेको थियो ।

संस्थाको उर्लाबारी तदर्थ समितिका संयोजक सुर्यमान खजुमले स्वागत मन्तव्य राख्दै सदस्यहरुलाई सहज रुपमा सेवा प्रदान गर्न उलाबारी सदस्य सम्पर्क कार्यालय स्थापना गरिएकोमा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रमको औचित्य पुष्टी गर्दै संस्थाका उपाध्यक्ष दिलिप सुब्बाले शेयरसदस्यहरुको पहुँचमा सहजरुपमा सेवा उपलब्ध गराउँन इलाम, झापा र मोरङका विभिन्न स्थानहरुमा सम्पर्क कार्यालय र सेवाकेन्द्र स्थापना गर्ने योजना रहेको बताए ।

संस्थाको शिवसताक्षी झिलझिले सेवाकेन्द्र निमित्त संयोजक किरण लिङ्देन, युवा नेतृ दिलु लिङदेन, लेखासमिति सदस्य बीर बहादुर लावती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम विसर्जन गर्दै संस्थाका अध्यक्ष लिङदेनले भने– ‘शेयर सदस्यको हितलाई मध्यनजर राख्दै संस्थाका हरेक वित्तिय कारोवारलाई प्रविधिमैत्री बनाउँदै जानेछौं । साथै शेयर सदस्यहरुको स्वास्थ्य उपचारका लागि स्थानिय स्वास्थ्य निकायसँग समन्वय गरी सहुलियत प्रदान गर्नेर्छौ ।

 

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।