![](http://www.samadarshisanchar.com/wp-content/uploads/2021/01/pakrau1.jpg)
झापाको अर्जुनधारा नगरपालिका ५ लक्ष्मीपुरमा गजेन्द्र कट्वालले संचालन गरेको किराना पसलामा चोरी गरेको आरोपमा एक जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
बिहिवार राती साँढे ७ बजे आफ्नो पसलमा चोरी भएको भनी जानकारी गराए लगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सिसिटिभी फुटेज आधारमा अर्जुनधारा नगरपालिका(४ का ४१ बर्षीय बिक्रम दनुवारलाई राती नै पक्राउ गरेको हो ।
पक्राउ परेका दनुवारको साथबाट प्रहरीले पसलबार चोरी भएको भनिएको नगद एक लाख अठ्चालीस हजार छ सय पैसठी रुपैँया र भारतीय नोट पन्द्र सय समेत बरामद गरेको जनाएको छ । पक्राउ परेका दनुवारको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।