शनिबार, ०८ बैशाख, २०८१ 

एक महिनाभित्र ‘अँध्यारोमुक्त’ बन्दै झापा

झापा/ झापालाई अध्यारोमुक्त जिल्ला बनाइने भएको छ । झापाको पाँच वटा पालिकालाई अँध्यारोमुक्त बनाउने अभियान अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रले जनाएको छ ।

केन्द्रले भद्रपुर नगरपालिकासहित कचनकबल र हल्दिबारी गाउँपालिकालाई अँध्यारोमुक्त बनाउन गत वर्षदेखि अभियान सञ्चालन गर्दै आएको छ । मेचीनगर र विर्तामोडको आंशिक क्षेत्र र बाह्रदशी गाउँपालिकाको केही वडामा यो अभियान सञ्चालित छ ।

आगामी एक महिनाभित्र आफ्नो कार्यक्षेत्र भित्रका पालिकाको सबै घरमा विद्युत सुविधा पुगिसक्ने केन्द्रका प्रमुख इन्जिनियर सञ्जीव कुमार साहले बताए । । उनले हालसम्म ३० हजार बढी ग्राहकको घरमा विजुली बत्ती पुगिसकेको जानकारी दिए ।

प्राधिकरणले आर्थिक अभावका कारण विद्युत जडान गर्न नसक्ने विपन्न समुदायका परिवारको घरमा निःशुल्क मिटर वक्स जडान गरिदिने कार्य गर्दै आएको छ ।

एक बर्षभित्र ६ सय भन्दा बढी अति विपन्न परिवारलाई स्थानीय तहको सिफारिसको आधारमा विद्युतको मिटर बक्स निःशुल्क जडान गरिदिएको प्राधिकरणले जनाएको छ ।

“सरकारको लक्ष्य नै सबैको घरमा विद्युतको पहुँच पुर्याउने हो”, उनले भने, “विपन्न समुदायले आर्थिक अभावमा उज्यालोबाट बञ्चित हुन नपरोस् भनेर स्थानीय सरकारको सिफारिसको आधारमा विपन्नको पहिचान गरी निःशुल्क विद्युत जडान गरिरहेका छौं ।”
कर्मचारी अभावमा समेत उपभोक्ताको चाहना अनुरुप भरपर्दो र छिटोछरितो सुविधा प्रदान गरिरहेको उनले बताए ।

मेचीपारी पनि अभियान

मेचीनगर नगरपालिकाको वडा नं. १५ का तीन वटा गाउँ मेची नदी पारि छन् । प्राधिकरणले त्यहाँ विद्युत पुर्याउने कार्य थालिसकेको केन्द्रका प्रमुख साहले बताए । उनका अनुसार सिसौडाँगी, होपना वस्ती र ग्वाल वस्तीका ५५ घरमा विद्युत पुगेको छैन । त्यति संख्याका घरमा सौर्य विद्युत सुविधा पुगेको छ । प्राधिकरणले सेवा केन्द्रलाई प्रविधि र ग्राहक मैत्री बनाएको छ । कार्यालयका प्रमुख साहले सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर कार्यालयलाई ग्राहकमैत्री बनाइउको बताए ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।