बिहिबार, १५ चैत, २०८० 

शुल्क फिर्ता गर्न माग राख्दै अनेरास्ववियू आन्दोलमा


६ माघ, झापा । कोरोना महामारीको अवधीमा संचालनमा नरहेको क्याम्पसले मासिक शुल्क फिर्ता दिनुपर्ने माग राख्दै आज अनेरास्ववियू दमक बहुमुखी क्याम्पस कमिटीले प्रर्दशन गरेको छ । गत चैत्र ११ गतेबाट मंसिर पहिलो सातासम्म बन्द रहेको समयको पनि दमक क्याम्पसले मासिक शुल्क असुलेको भन्दै अनेरास्ववियूले विरोधका कार्यक्रमहरु सुरु गरेको हो ।

अनेरास्ववियू क्याम्पस कमिटीले गत पौष २६ गते दमक बहुमुखी क्याम्पस प्रमुख नेत्र बुढाथोकीलाई एक विज्ञप्ति बुझाएको थियो । विज्ञप्तिमा क्याम्पस बन्द रहेको समयको मासिक शुल्क लिने कार्य तत्काल रोक्न र लिईएका शुल्क पनि तत्काल फिर्ता गर्न माग गरिएको थियो । तर क्याम्पस प्रमुख बुढाथोकीले कुनै पनि हालतमा मासिक शुल्क फिर्ता नहुने बताएपछि विद्यार्थीहरु विरोधमा उत्रिएका हुन् ।

दमक क्याम्पसको प्रसासनिक कार्यलय अगाडी आज भएको प्रर्दशनमा अनेरास्ववियूका नेता निशेष राई, क्याम्पस कमिटी अध्यक्ष भिजन चेम्जोङ लगायतले मन्तव्य राखेका थिए । क्याम्पस कमिटी सचिव आविश खनालले संञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरुले क्याम्पस बन्द रहेको समयको मासिक शुल्क मिनाहा गर, क्याम्पस प्रमुख मुर्दावाद, विद्यार्थी एकता जिन्दावादको नाराहरु लाएका थिए ।

क्याम्पस कमिटी उपाध्यक्ष तपस दुलालले शुल्क फिर्ता नदिए अझै ससक्त रुपमा आन्दोल अघि बढाईने बताएकाछन् भोली क्याम्पस प्रसाशन घेराउ गर्ने र क्याम्पस प्रमुखको कक्षमा गएर शुल्क फिर्ता गर्न आग्रह गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।