आइतबार, ११ चैत, २०८० 

झापाको कमलमा माटो ल्याव सञ्चालनमा

३ माघ, कमल / कृषिको उबरभूमि मानिएको झापामा अहिलेसम्म माटो परिक्षण गर्ने उपकरण थिएन । विज्ञानको चरम उत्कर्षमा पुगेको यो समयमा पनि किसानले पुरातन सैली अपनाउनुको विकल्प थिएन । किसानले बाली लगाउँथ्यो तर के कारणले उत्पादनमा ह्रास आइरहेछ ? किन किट पतंगको सामना गर्नुपरिरहेछे वा माटोमा अम्लियपन कति छ ? यस्तो सामान्य विषयमा समेत किसानहरु थाहा नपाई खेती गरिरहेका थिए ।

तर अब भने झापाको कमल गाउँपालिकाले पहिलो पटक माटो ल्याव सञ्चालनमा ल्याएको छ । यो ल्याव सञ्चालनमा आएसँगै झापाका किसानमा केही उत्साह थपिएको छ । जिल्लाका १५ स्थानीय तहमध्ये कमलले किसानको माटो परीक्षणका लागि पहिलो पटक ल्याव सञ्चालनमा ल्याएको हो ।

कमल गाउँपालिकाका अधिकांश बासिन्दाको प्रमुख आम्दानीको स्रोतनै खेती भएको तर हालसम्म पनि माटो परीक्षण गर्ने चलन नहुँदा अपेक्षित लाभ लिन नसकेकाले ल्याव सञ्चालनमा ल्याईको गाउँपालिका कृषि शाखा प्रमुख महेन्द्र बोहोराले बताए ।

रसायनीक विषादीको प्रयोग क्रमिक रुपमा न्युनीकरण गरी जैविक र अर्गानिक उत्पादनमा गाउँपालिकालाई आत्म निर्भर बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन । हाल गाउँपालिकामा तरकारी, धान र मकैका पकेट सञ्चालनमा छन् । किसानलाई एकिकृत खेतीतर्फ प्रोत्साहन गर्न विभिन्न पकेट कार्यक्रम सञ्चालन गरी आर्थिक, प्राविधिक तथा व्यावसायीक प्रवद्र्धनमा सहयोग गर्ने गरिएको उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले बताए ।

गाउँपालिकाले सञ्चालनमा ल्याएको ल्यावले माटोका १४ ओटा पोषक तत्वको अवस्था पहिचान गर्ने कृषि प्राविधिक प्रेम पोखरेले बताए । बाली अनुसार माटोको अवस्था विश्लेषण गरेर मात्र आवश्यक पोषक तत्व छर्न किसानलाई सिफारिस गर्ने गरिएको उनको भनाइ छ ।
साढे ४ लाख रुपैयाँको लागतमा गाउँपालिकाले ल्याव स्थापना गरेको हो । ल्याव सञ्चालन सुरू भएलगत्तै दैनिक किसानहरु माटो परीक्षणका लागि आउने गरेका छन् । गाउँपालिकाले आफ्नै प्राविधिकहरुलाई तालिम दिलाएर जनशक्ति समेत तयार पारेको हो ।

ल्याव सञ्चालनमा आएको बारेमा टोल टोलमा किसानहरुलाई जानकारी गराईएको र आवश्यकता अनुसार प्राविधिक किसानका खेतबारीमै पुगेर नमूना संकलन गर्ने र आवश्यक सुझाव दिने क्रम पनि सुरू भएको उनले बताए ।

 

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।