शुक्रबार, १४ बैशाख, २०८१ 

खोयाहाङ्ग उत्थान संघको सातौं स्थापना दिवस सम्पन्न

किरात लिम्बू थिन्दोलुङ खोयाहाङ्ग उत्थान संघको सातौं स्थापना दिवस हालै सम्पन्न गरिएको छ । थिन्दोलुङ खोयाहाङ्ग वंशका वरिष्ठ जेष्ठ नागरिक श्री प्रेमबहादुर खोयाहाङ्गको आतिथ्यतामा सम्पन्न सो सातौं स्थापना दिवस कार्यक्रमको अध्यक्षता केन्द्रीय उपाध्यक्ष क्याप्टन टेकेन्द्र खोयाहाङ्गले गर्नुभएको थियो । दमकस्थित संघको मुख्यालयको प्राङ्गणमा आयोजना गरिएको सातौं स्थापना दिवस कार्यक्रममा झापा, मोरङ्ग र सुनसरी जिल्लामा बसोबास गर्नुहुने थिन्दोलुङ खोयाहाङ्ग वंशका दाजुभाइ तथा दिदीबहिनीहरुको प्रतिनिधिमूलक सहभागिता रहेको थियो । संघको आर्थिक स्थितिलाई बलियो बनाउने उद्धेश्यले विधिवत् रुपमा स्थापना गरिएको अक्षयकोष कार्यक्रमका सदस्यहरूलाई सोही समारोहमा प्रमाणपत्र वितरण गरिएको थियो भने प्रमुख अतिथिज्यूलाई ढाका टोपी र सिलामसाक्मा उपहार प्रदान गरी अभिनन्दन गरिएको थियो । साथै समारोहमा सहभागी सम्पूर्ण महानुभावहरूलाई सिलामसाक्मा प्रदान गरिएको थियो । श्रीमती अम्बिकादेवी योङ्हाङ खोयाहाङ्ग, श्रीमती धनमाया थेबे खोयाहाङ्ग, श्री छत्र खोयाहाङ्ग लगायत विभिन्न महानुभावहरूले सातौँ स्थापना दिवसको अवसरमा संघको उत्तरोत्तर प्रगतिको कामना गर्दै मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रमुख अतिथिज्यूको हस्तबाहुलीबाट पानसमा दीप प्रज्वलन गरी प्रारम्भ गरिएको सो सातौं स्थापना दिवस कार्यक्रमको सञ्चालन केन्द्रीय कोषाध्यक्ष श्री कुमार खोयाहाङ्गले गर्नुभएको थियो भने केन्द्रीय महासचिव श्री प्रेमकुमार खोयाहाङ्गले स्वागत मन्तव्य राख्नु भएको थियो । यसरी नै केन्द्रीय सल्लाहकार परिषदका सभापति श्री दङ्गधोज खोयाहाङ्गले संघको सातौं स्थापना दिवस कार्यक्रमको सफलताको शुभकामना काठमाण्डौंबाट भर्च्युअली प्रदान गर्नु भएको थियो ।

यसअघि अक्षयकोष कार्यक्रमका सदस्यहरूलाई घरघरमै गई प्रमाणपत्र वितरण गर्ने संघको नीति अनुरुप अध्यक्ष क्याप्टेन श्री रविनकुमार खोयाहाङ्गको नेतृत्वमा उपाध्यक्ष क्याप्टेन श्री टेकेन्द्र खोयाहाङ्ग, महासचिव श्री प्रेमकुमार खोयाहाङ्ग र कोषाध्यक्ष श्री कुमार खोयाहाङ्गको चार सदस्यीय टोली धनकुटा पुगी प्रमाणपत्र वितरण गरिएको थियो । किरात लिम्बू थिन्दोलुङ खोयाहाङ्ग उत्थान संघ, शाखा कार्यसमिति धनकुटाको अगुवाइमा बैठक बसी छलफल तथा विचारविमर्श कार्यक्रम समेत तय गरिएको थियो ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।