बुधबार, ०५ बैशाख, २०८१ 

दमक फुड फेस्टिबल सम्पन्न

झण्डै एक बर्ष लामो कोरोना संक्रमण र त्यसका कारण सरकारले जारी गरेको लकडाउनका पछि पहिलो पटक होटल ब्यवसायी सघं दमकले एक साता लामो दमक फुड फेस्टिबल २९ गते सम्पन्न गरेको हो ।

२९ गते अन्तिम दिन चर्चित गायिका ज्योती मगरको प्रस्तुतीसँगै कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरु गायिका मेलीना राई, चर्चित र्यापरहरु भिटेन, आषिष राना (लाहुरे) हास्यकलाकार सन्दिप क्षेत्री, नेपाल आइडल फष्ट रनरप निसान भट्टराई ,गायिका सिर्जना खत्री,नृत्यकार रिया श्रेष्ठ लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।

फुड फेस्टिबलमा रवी पञ्चमीको स्कुसको जराको चप, धिमाल जातिको मौलिक परिकार, तामाङ्ग जातिका परिकारहरु, नेवारी खाना, भर्काको परिकारहरु लगायत ४८ वटा स्टलहरु राखिएको थियो ।

फेस्टिबलका कारण लकडाउनको लामो अस्तव्यस्त जीवनशैलीबाट स्थानियले केही राहत महसुष गरेको प्रतिक्रिया पाएको संघका अध्यक्ष राजेन्द्र दंगालले जानकारी दिनुभयो ।

कार्यक्रमको अन्तिम दिन सबै संचारकर्मीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । दमकका सक्रिय पत्रकार टिकाराम उप्रेतीलाई नगद रु ५ हजार सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

करिब ४५ हजार जनाले अवलोकन गरेको फेस्डिबलमा ५० लाख बढीको कारोबार भएको आयोजक समिति सदस्य काजी राउतले जानकारी दिनु भयो । संचारकमी तृष्णा रेग्मीले संचालन गरेको सो कार्यक्रम चर्चित गायिका मगरले राती अवेरसम्म रोचक प्रस्तुती दिएसँगै समापन भएको थियो ।

फेस्टिबलका केही तस्बीरहरु

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।