शुक्रबार, ०७ बैशाख, २०८१ 

आगलागीबाट क्षति विवरण सार्वजनिक

 

दमक नगरपालिकाको मातहतमा संचालनरत दमक १ मा रहेको दमक अस्पतालले आज एक औपचारिक कार्यक्रम गरी आगलागिको क्षति विवरण सार्वजनिक गरेको छ ।

दमक अस्पतालको सभाहलमा आयोजित औपचारिक कार्यक्रममा गत कार्तिक २९ गते शनिबार दिउँसो २ः३० बजे अस्पतालको भण्डार कोठामा आगलागी हुदाँ भएको क्षति विवरण सार्वजनिक गरेको हो ।

दमक अस्पतालको व्यवस्थापन समिति अध्यक्ष एवं दमक नगरपालिकाको उपमेयर गीता अधिकारीको अध्यक्षता भएको सो कार्यक्रम प्रदेश १ सुशासन तथा योजना सभापति माननिय अर्जुन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा दमक नगरपालिकाका मेयर रोमनाथ ओली, प्रधानमन्त्री सचिवालय प्रतिनिधि होम थापा, दमक उद्योग बाणिज्य संघ अध्यक्ष गोकुल श्रेष्ठ लगायत विभिन्न पार्टी प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।

कार्यक्रममा दमक १० का वडा अध्यक्ष बोधराज न्यौपानेको संयोजकत्वमा गठित ७ सदस्यीय छानबिन समितिले तयार पारेको निष्कर्ष र सुझाव सहितको प्रतिवेदन अस्पताल व्यवस्थापन समिति अध्यक्ष अधिकारीमार्फत प्रस्तुत गरिएको थियो । प्रतिवेदनमा निशुक्क औषधी, बिमा औषधी, सर्जिकल सामाग्री, हाउस किपीगं, स्टेशनरी, इलेक्ट्रोनिक्स, प्रयोशाला केमिकल, कोभिड सामाग्री, बिदुतिय वायरिङ लगायतका सामग्री जलेर नष्टहुदा जम्मा ६० लाख ८६ हजार २ सय २४ रुपैया बराबरको क्षति भएकोमा ३२ लाख ७ सय ५५ रुपैया बराबरको सामग्री प्रयोगमा ल्याउन सकिने गरी र २८ लाख ७८ हजार ४ सय ६९ रुपैया मुल्यको सामग्री पुन प्रयोगमा ल्याउन नसक्ने गरी क्षति भएको  उल्लेख गरिएको छ ।

प्रमुख अतिथि प्रदेश १ सुशासन तथा योजना सभापति राईले दमक अस्पताल झापाको सिङ्गो सेरोफेरो समेट्न सक्ने एकमात्र सरकारी अस्पताल भएको हुनाले यसको विकासका लागि व्यवस्थापन समिति, मेडिकल सुपरीटेन्डेन्ट, कर्मचारी समुह लगायत स्थानिय क्षेत्रका सबै सरोकारवालाहरुले लागि पर्नुपर्ने बताएका थिएँ । मन्तव्य टुग्याउँदै उनले भने – ‘‘ यसका लागि मेरो तर्फबाट गर्नुपर्ने प्रयत्नहरुमा सधै साथ रहनेछु।’’

पुरा भिडियो हेर्न लिङ्कमा लगइन गर्नुहोस्ः–

 

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।