![](http://www.samadarshisanchar.com/wp-content/uploads/2021/09/mani-limbu.jpg)
राजनैतिक क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
सामाजिक कार्यमा सरिक हुने मेरो सानै देखिको रुची थियो । समाजमा अन्यायमा परेकाहरुलाई न्याय दिलाउँने, गरिब दुखी दिर्घ रोगीहरुलाई सहयोग गर्ने लगायतका कार्य गर्ने इच्छालाई पुरा गर्नको लागि मलाई एउटा प्लेटफम आवश्यक थियो त्यसैलाई पुरा गर्नको लागि राजनैतिक क्षेत्रमा प्रवेश गरे ।
अनि के कस्ता सामाजिक कार्य गर्दै आउनु भएको छ ?
राजनैतिक क्षेत्रमा प्रवेश गरेपछि वृहत टिमसँग सहकार्य गर्ने अवसर प्राप्त भयो । यस क्षेत्रमा लागेपछि विपन्न वर्गका दिर्घरोगीहरुलाई सहयोग संकलन गरेर वितरण गर्ने कार्यमा सरिक भएको छु । सरकारी कामकाजमा अनविज्ञहरुलाई खटेर सहयोग गर्ने गरेको छु । साथै विद्यार्थी वर्गहरुको हकहितका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरेको छु ।
राजनैतिक क्षेत्रमा लाग्दा कस्ता उपलब्धी प्राप्त गर्नु भएको छ ?
यस क्षेत्रमा लागेर सामाजिक उपलब्धी प्राप्त गरेको छु । एक नेपाली युवा भएको नाताले समाजमा रहेका समस्याहरुको समाधानका लागि स्वतस्फूर्त रुपमा लागेको छु । समाजमा रहेर दुखमा परेकालाई सहयोग गरेपछि उनीहरुको मुहारमा जुन मुस्कान देख्न पाउदा छुट्टै आनन्द मिल्छ । गरिब–दुखी, बुढा–पाकाहरुको आर्शिवाद पाउनुलाई मैले उपलब्धी सम्झने गरेको छु ।
राजनैतिक क्षेत्रमा तपाईको भविष्य कस्तो देख्नु भएको छ ?
म आफ्नो कर्ममा विश्वास राख्छु । काम गर्दै जाने हो । पाएको जिम्मेवारी इमान्दार पुर्वक निर्वाह गर्र्दै जादा पक्कै सफलता प्राप्त हुन्छ भन्ने विश्वास लिएको छु ।
यस पटकको चुनावमा कतिको आशावादी हुनुहन्छ ?
सबैको सुख दुखमा साथ दिदै आएको छु । धेरैको माया स्नेह पाएको छु अब चुनावमा पनि भारी मतले जिताउनु हुनेछ भन्ने आशा लिएको छु ।
![](http://www.samadarshisanchar.com/wp-content/uploads/2021/09/241878854_1465514437180957_4161697053025319142_n.jpg)