शुक्रबार, ०७ बैशाख, २०८१ 

अशोक दर्जीको आमा सम्बन्धी गीत टेर्न्डिङ १३ मा

अशोक दर्जीको आवाज, समीर खानको शब्द तथा टंक बुढाथोकीको संगीत रहेको गीत हिन्दी गीत माँ अहिले टेर्न्डिङ नम्बर १३ मा रहेको छ ।

परिवारको न्युन आर्थिक अवस्था भएकाले सडकमा गीत गाउँदै हिडेको अवस्थामा विभिन्न संचार माध्यम र च्यानलबाट रातारात भाइरल भएका अशोक दर्जीले दर्जनौं देश भ्रमण गर्ने अवसर पाएका छन् । उनलाई अभिभावकत्व गर्दै आएका टंक बुढाथोकी आफैपनि अशोक दर्जीका कारण सञ्चार जगतको केन्द्रमा रहदै आएका छन् ।

बजारमा चलेका विभिन्न गसिबहरुलाई सुनेको नसुन्यै गर्दै टंक बुढाथोकीले अविभाकत्व प्रदान गर्न छोडेका छैनन् । साच्चै भन्ने हो भने अशोक दर्जी र उनको सम्बन्ध ढुङ्गालाई माटोको भर, माटोलाई ढुङ्गाको भर भन्दा फरक नपर्ला । जे होस् यो जोडी दुवैका लागि फापसिद्ध भएको भने पक्कै हो ।

सेप्टेम्बर ३ तारीख सन् २०२१ मा टंक बुढाथोकीको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको ‘माँ’ ले पछिल्लो २४ घण्टामा ३.८५ लाख भ्यूवर्स पाउँदै टेर्न्डिङ नं १३ मा पुग्न सफल भएको छ ।

‘माँ’ नेपाली सँगीतको इतिहासमा एउटा नयाँ इतिहास कायम गरेको छ । गीतका शब्दहरु मार्मिक छन् – हृदयको बाटो हुदै गएर मुटुलाई सुस्तरी स्पर्श गर्ने खालका । हरेक शब्दमा आमाको महिमा लुकेका छन् ।

डिआर सुजनको कथा परिकल्पना निर्देशनमा बनेको भिडियोमा कन्चन सापकोटा, काजोल भुजेल,जोनिश अधिकारी, जुलन अधिकारी र अशोक निरौलाको अभिनय हेर्न सकिन्छ । भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईको छायाङ्न, विकास ज्ञवालीको दृश्य सम्पादनमा बनेको छ ।
आमा गुमाएपछि बालकले भोग्नु पर्ने मानसिक तनावलाई भिडियोको कथामा समावेश गरिएको छ । हरेक बालबालिकालाई प्रेरणा जगाउँने सोच भएका ११ वर्षिय अशोक दर्जी यो हिन्दी गीत माँ उनका लागि एउटा महत्वपूर्ण दस्तावेज बन्ने निश्चित छ ।

यो पनि हेर्नुहोस्ः –

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।