बाबाको । मायालुको ।
अनि अरूपनि धेरै पे्रमिल आकृतीहरु हुदयमा नाचिरहेका हुन्छन् । सूर्य मानव जीवनको प्रतिबिम्व जस्तै हो । सूर्यको हरेक अवस्थाले मानवीय जीवन प्रतिबिम्वित गरिरहेको हुन्छ । सूर्योदयले – बाल्यकाल, वयस्क सूर्यले – जवानी र सूर्यास्तले – वृद्धावस्था ।
वयस्क सूर्य उर्वर हुन्छ । संसार उज्यालो बनाउँछ । भनौ सृष्टिलाई जीवन्तता दिन्छ । त्यसरी नै युवा अवस्थाको मानिसमा पनि अपार सम्भावना हुन्छ । सूर्योदय र सूर्यास्त दुवैमा कलिलोपना हुन्छ । मानवीय जीवन पनि त्यस्तै हो । बालक र बृद्ध अवस्था दुबैमा कलिलोपना आउँछ । त्यसबेला जिम्मेवारी र उत्तरदायित्व भन्दा पनि माया र स्याहारको आवश्यकता बढी हुन्छ ।
मान्छे पनि वृद्ध भएपछि फेरि बालक जस्तै भइसकेको हुन्छ । सा–साना कुराहरुको आशा गर्ने, चाँडै रुन,े आँट कमजोर हुने, निर्वल हुने, अरुको सहारा चाहिने बालक जस्तै । निश्चय नै त्यस बेला उनीहरु आफ्ना सन्तान र आफन्तहरुबाट घृणा र तिरष्कार होइन माया, प्रेम, स्नेह र स्याहारको अपेक्षा गरिरहेको हुन्छन् । समाज त्यतिबेला समृद्ध बन्नेछ जतिवेला जेष्ठ नागरिकहरुको सम्मान हुन्छ ।
तीनथुम्की डाँडाको प्राकृतिक तादम्यता कति सम्म छ भने– चैत बैशाखको बताससँगै सल्लाका बोटहरु सुसाइरहँदा एक किसिमको संगीत गुञ्जायमान भएको अनुभूति हुने गर्छ । चकमन्न चाँदनी रातमा एकातर्फ अग्ला–अग्ला सल्लाका बोटहरु र अर्कोतर्फ क्षितिजमा कचनजङ्घा, कुम्भकर्ण र मकालु हिमालहरु एकअर्कालाई नियाल्दै मुस्कुराई रहेको दृश्य महसुस हुन्छ । एक किसिमको अतृप्त प्रेम । अव्यक्त प्रेम । जस्को न कुनै विछोड छ, न कुनै मिलन ।
जब आँधी–हूरी, झरी वर्षासँग सल्लाका बोटहरु संघर्ष गरिरहेका हुन्छन् । त्यसको साक्षी बनेर हिमालहरु हिमनदी भएर पग्लिरहेका हुन्छन् मायाले । उता खरेडीले हिमालहरुको मुस्कान खोसिरहेको बेला, यता सल्लाहरुले आफूलाई पतझरमा परिणत गरिरहेका हुन्छन् मायाले । युगौंदेखि यसरी नै चलिरहेको छ सायद प्राकृतिको प्रेमलीला ।
ग्रामीण भेगमा रहेको यस डाँडामा यातायतको सुविधा भएसँगै हिउँद याममा केही चहलपहल शुरु भएको छ । वनभोज खाने, भिडियो सुटिङ गर्ने र फोटो खिच्नेहरु कहिलेकाँही आउने गर्दछन् । प्राकृतिक सौन्दर्यताको हिसाबले इलामको कन्याम र धनकुटाको भेडेटार भन्दा कमको छैन । तर संरक्षण र प्रबद्र्धनको अभावले ‘तीनथुम्की डाँडा’ ओझेलमा परेको छ ।
यस डाँडासँग जोडिएको मेरो पुरानो सम्झना छ–
कुरा २०५६ साल हिउँदको हो । वनभोज खानका लागि साथीहरुसँग तीनथुम्की डाँडामा पुगेको थिएँ । दिनभर भनभोज कार्यक्रममा रमाइलो गर्यौं । राती पनि त्यहीँ बास बस्यौं । त्यो जमनामा बास बस्दै वनभोज जाने प्रचलन थियो । रातभर नाँच्दै–गाउँदै रमाइलो गर्दै बस्ने सल्लाह थियो तर साथीहरु रातको १२ नबज्दै निदाउन थाले र सबै सुते पनि । मलाई चाहिँ किन हो पटक्कै निद्रा लागेन ।