शुक्रबार, १६ चैत, २०८० 

जसपाले सुनसरीमा बाँढ्यो सुज अभियानको जिम्मेवारी

 

जनता समाजवादी पार्टी, नेपाल (जसपा) सुनसरीले पार्टीको चार महिने संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान सम्पन्न गर्न तहगत जिम्मेवारी तोकेको छ ।

सुज अभियान सुनसरी जिल्ला संयोजक एवम् पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य परशुराम बस्नेतले दिएको जानकारी अनुसार बुधबार जसपा प्रदेश कार्यालय इटहरीमा सम्पन्न कार्य योजना बैठकले अभियान सफल पार्न निर्वाचन क्षेत्रहरुमा संयोजक तोकेको हो ।

सुनसरी सङ्घीय निर्वाचन क्षेत्र १, २, ३ र ४ मा क्रमशः दीपक मेन्याङ्बो, उमेशकुमार थापा, दिनेश मेहता र गरिगोविन्द यादवलाई सुज अभियान संयोजकको जिम्मेवारी दिइएको छ । उनीहरु जसपा केन्द्रीय सदस्य हुन् ।

त्यस्तै बैठकले प्रदेश निर्वाचन क्षेत्र अन्तरगत सुनसरी १ को (क) र (ख) मा क्रमशः कृष्ण लिम्बू र मेमकुमार चाम्लिङलाई संयोजक तोकेको बताइएको छ । त्यसैगरी सुनसरी ४ को (क) र (ख) मा क्रमशः सविता यादव र मनोज यादवलाई जिम्मेवारी तोकिएको बस्नेतले जानकारी दिए ।
सुज अभियान सम्बन्धी अभिमुखीकरण सहित आयोजित बैठकमा नै संयोजक बस्नेत र जसपा प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङले अभियान सञ्चालन, अभियान संयोजकहरुको भूमिका लगायत विषयमा बोलेका थिए ।

त्यस्तै केन्द्रीय सल्लाहकारद्वय भूनेस्वर यादव र ध्रुव सुब्बा, केन्द्रीय सदस्य भीम राई र शिल्पी विशेष समितिका अध्यक्ष समेत रहेका अर्का केन्द्रीय सदस्य दलमर्दन कामीलगायतले अभियान सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सुज अभियान सुनसरी सचिवालय गठन सहित बुधबारको बैठकले सदस्य–सचिव तोक्ने जिम्मेवारी संयोजकलाई नै दिएको छ । संयोजक बस्नेतले सो बारे आवश्यक प्रक्रिया अघि बढेको जानकारी दिएका छन् । समाचार स्रोतका अनुसार प्रदेश सदस्य राम माण्डुपा राईलाई सो जिम्मेवारी दिइने छ ।

जसपाले सुनसरीका १२ वटा स्थानीय तहहरु मध्ये भोक्राहा, हरिनगरा, बर्जु र देवानगञ्ज गाउँपालिका र धरान उपमहानगरपालिकामा पार्टी समायोजन कार्य सम्पन्न गरिसकेको जनाएको छ ।

बाँकी रहेका ७ वटा स्थानीय तहहरु इटहरी उपमहानगरपालिका, दुहवी, रामधुनी, बराहक्षेत्र, इनरुवा नगरपालिका, गढी र कोशी गाउँपालिकामा पार्टी समायोजन कार्य सुज अभियानकै समयमा सम्पन्न हुने छन् ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।