आइतबार, ११ चैत, २०८० 

प्रकृतीप्रेमी दिपा प्रकृती मै बिलाइन्

प्रकृतिप्रेमी डा. दिपा शर्माको अन्तत प्रकृतीको काखमा नै इहलिला समाप्त भयो । प्रकृतीको काखमा आफु पनि रमाउँदै सामाजिक संचाल माफर्त प्राकृतिक सुन्दरता बारेमा अरुलाई पनि जानकारी दिदै हिडेकी दिपाको ज्यान प्रकृतीले लिन्छ भनेर कसैले सोचेको थिएन । न त उनलाई नै त्यस्तो लागेको थियो बस उनी त प्रकृतिको अनुपम सुन्दरतामा लिप्त थिइन ।

यो दुःख लाग्दो घटना भारतको हिमाञ्चल प्रदेशको हो । आइतबारको दिन लामो समय भएको लकडाउनको दिक्दारी मेटाउँन पर्यटकहरु त्यहाँ पुगेका थिए । वर्षाका कारण गएको पहिरोमा परेर ९ जनाको निधन भयो । निधन हुनेमा आयुर्वेद डाक्टर दीपा शर्मा पनि थिइन् । उनले एक तस्वीरको साथमा ‘प्रकृति बिना जिवन छैन ।’ लेखेर पोष्ट गरेको आधा घण्टा नवित्दै प्रकृतीले उनको प्राण लियो ।

सामाजिक संजालमा दिपाको निक्कै सक्रियता थियो । उनी जीवनमा पहिलो पटक एकल यात्रामा निस्केकी थिइन् । प्रकृतीकोे मनमोेहकताबारे मानिसलाई जानकारी दिदै रमाउँदै हिडेकी थिइन् तर त्यो खुशी धेरै समय टिकेन । त्यो पहिलो यात्रा अन्तिम पनि भयो ।

 

घटनाको आधा घण्टा अघि उनले ट्विट गरेकी थिइन्– ‘ म अहिले भारतको अन्तिम बिन्दुमा उभिएकी छु, जहाँसम्म साधारण नागरिकहरूलाई जान दिइन्छ । तिब्बत यसभन्दा ८० किलोमिटर अगाडि छ, जुन चीनले ओगटेको छ ।’ यसरी अत्यन्त दुखद् र अकल्पनिय रुपमा ३४ वर्षीया दीपा शर्माको इहलीला समाप्त भयो ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।