उर्लाबारी। शहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित ऐतिहासिक फिल्म ‘देउमाइको किनारमा’ का लेखक, निर्देशक प्रेम सर्मा ( माङ्जाबुङ्गे ) को निधन भएको छ ।
लामो समयदेखि मृगौला र कलेजो रोगवाट पीडित सर्माको आज विहान १० वजे आफ्नै निवासमा निधन भएको हो । ५५ बर्षिय सेर्मा मोरङको उर्लावारीमा परिवारसहित बस्दैआएका थिए । उनको श्रीमती, दुई छोरी र एक छोरा छन् ।
उनी फिल्मीसंगै साहित्य र सांस्कृतिक आन्दोलनमा समेत सक्रिय रहदै आएका थिए । सामाजिक कृयाकलापहरूमा समेत सधै अग्रसर सेर्माको आजै उर्लाबारीस्थित सुनझोडा जंगलमा किरात धामिर्क परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
यसैवीच, सेर्माको असमायिक निधन प्रति चलचित्रकर्मी, साहित्यकार, सामाजिक क्षेत्र तथा विभिन्न पेशाकर्मीहरुले समवेदना प्रकट गरेका छन् ।