बुधबार, ०५ बैशाख, २०८१ 

फाल्गुनन्द साकोसको प्रतिवेदन सार्वजनिक, ३० प्रतिशत शेयर बृद्धि

दमक झापाको दमक ६ मा स्थापित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले यही ७ असोजमा गर्ने बार्षिक चुनावी साधारण सभामा पेश गर्ने बार्षिक प्रगति प्रतिवेदन आज – मंगलबार सार्वजनिक गरेको छ ।

संस्थाको १० औं साधारण सभामा पेश गरिने प्रतिवेदन संस्थाको मुख्य कार्यलयमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । संस्थाका अध्यक्ष संकल्प लिगंदेन, उपाध्यक्ष महेन्द्र चाम्लिगं, सचिव दिलिप जवेगु, लेखा सुपरिवेक्षण समितिको निमित्त संयोजक बिरबहादुर लाओति सदस्यहरु गुमानसिंह सम्बाहाम्फे, फूलकुमारी लिम्बु , व्यवस्थापक कुबेर तुम्बापोले संयुक्त रुपमा सार्वजनिक गरेका हुन ।

सार्वजनिक गरिएको प्रतिवेदन अनुसार संस्थाले अघिल्लो बर्षको तुलनामा ३० प्रतिशत शेयर बृद्धि भएको छ । शेयर बृद्धि भएसंगै संस्थाको कूल शेयर पुँजी ३ करोड ६५ लाख रुपैयाँ पँुजी कोरोना महामारी र लकडाउनका बाबजुद संस्थाका कर्मचारी र सञ्चालकहरुको सक्रियताका कारण कारोबार बृद्धि भएको अध्यक्ष लिंगदेनले बताउनु भयो । संस्थाले अघिल्लो आर्थिक बर्षमा ७ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा गत आर्थिक बर्षमा १८ करोड ९६ लाख रुपैयाँ कर्जा प्र्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको यस पटक हुने साधारण सभाले आगामी ४ बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ । संस्थाले हाल विर्तामोड र शिवसताक्षीमा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ भने यसै बर्ष थप चार स्थानमा सेवा केन्द्र सञ्चालन गर्ने जनाइएको छ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।