समदर्शी संचार, शनिबार, १२ भदौ, २०७८, साँझको ०७:५२ बजे
संचारकर्मी देशराज नेम्बाङको निर्देशनमा ‘सम्बन्ध’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
सुरज जबेगुको शब्द, संगीत र मिक्स एण्ड मास्टरिङमा तयार भएको गीत काव्य रेकर्डिङ स्टुडियो दमकमा रेकर्डिङ गरिएको हो ।
इलाम र झापाका विभिन्न ठाउँमा छायाङ्कन गरिएको भिडियोमा कलाकारहरु सुरज जबेगु, मिना नेम्बाङ र शैलेश लिम्बुको अभिनय हेर्न सकिन्छ । देशराज नेम्बाङको छायाङ्न रहेको म्यूजिक भिडियो सुरज जबेगुको दृश्य सम्पादनमा बनेको छ ।
भिडियोमा वैदेशिक रोजगारका कारण परिवारमा आएको सामाजिक विचलनको कथा प्रस्तुत गरिएको छ । कथामा श्रीमान श्रीमती हुन्छन् । उनीहरुबिच प्रगाढ माया हुन्छ । दाम्पत्य जीवन सुखद चलिरहेको हुन्छ । एकदिन अचानक श्रीमानले विदेश जाने निर्णय सुनाउँछ । श्रीमती दुखी हुन्छिन् । तथापी श्रीमान विदेश जान्छ । जब विदेशबाट फर्कन्छ । श्रीमतीको अर्कैसँग माया बसेको हुन्छ । त्यसपछि श्रीमान विरक्त जीवन भोग्दै भिडियो अत्य हुन्छ ।
यो म्यूजिक भिडियो नेम्बाङको दोस्रो निर्देशन हो । यसअघि मन्जिल बस्नेतको शब्द÷संगीत, अजय लिम्बुको स्वरमा रहेको गीत ‘सुर्यको पहिलो किरण…’ को म्यूजिक भिडियोबाट डेब्यू गरेका थिए ।
समदर्शी टिभीको प्रस्तुती एवं मुनाल प्रोडक्सनको निर्माणमा बनेकोे भिडियो समदर्शी टिभी युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
शिवसताक्षी १, धरमपूर बजार स्थीत साथी बहुउदेश्य सहकारी संस्था लि.ले आज तेस्रो वार्षिक साधरण सभा सपन्न गरेको छ । संचालक समिति अध्यक्ष दिल बहादुर लिम्बुको अध्यक्षता, शिवसताक्षी वडा नं १ का अध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङको...
दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...
लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...
समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...
हाम्रो बारेमा
समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।