शनिबार, १० चैत, २०८० 

केपी ओलीको हिजोको भाइरल डान्स माधव नेपालले हेरेपछि…

नेकपा एमालेका अध्यक्ष एवंं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नाँचेको भिडियो हिजो मात्रै नेकपा एमाले विभाजन गराएर नयाँ पार्टी नेकपा एकिकृत समाजवदीका अध्यक्ष बनेका माधव कुमार नेपाले पनि हेरेका छन् ।

हिजो केपी ओलीले श्रीमती राधिका शाक्यको जन्मदीनमा मत भाग्यमानी बोलको गीतमा छमछमी नाँचेका थिए । आज माधव कुमार नेपालले केपी ओली नाचेको विषयमा सार्वजनिक टिप्पणी गरेका छन् । संयोगले केपी ओली नाँच्नु र एमाले विभाजन हुन एकै दिन परेका थियो ।

केपी ओलीको नाचगान बारे टिप्पणी गर्दै समाजवादीका अध्यक्ष माधव नेपाले केपी ओलीले एमाले विभाजन गरेको खुशियालीमा नाँचगान गरेर रमाइलो गरेको आरोप लगाएका छन् । पार्टी फुटे पछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले ओली माथी यस्तो आरोप लगाएका हुन् ।

नेपालले नेकपा फुट्दा केपी शर्मा ओलीले भोज गरेर खुशियाली गरेको टिप्पणी गरेका छन् । पार्टी दर्ता भएपछि पहिलोपटक सम्बोधन गर्दै उनले ओलीमाथि दुईपटक पार्टी फुटाउन भूमिका खेलेको आरोप समेत लगाए ।

‘केपी ओलीले पार्टी फुट्दा भोज गरेर खुशीयाली मनाए,’ माधव नेपालले भने । उनले ओलीले पार्टीलाई तहसनहस पारेको आरोप समेत लगाए ।दुईपटक प्रतिनिधि सभा विघटन र पार्टी फुटाउने किर्तिमान कायम गरेको आरोप समेत ओलीमाथि लगाए । उनले ओलीलाई अहंकारको घोडामा सवार भने ।

नेपालले ओलीलाई प्रतिगमनकारी भने । ओलीले कम्युनिस्ट सिद्धान्त छाडिसकेको टिप्पणी समेत गरे । ओली दक्षिणपन्थी अवसरवादको भाँसमा फसेको उनको आरोप थियो ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।