मङ्गलबार, ११ बैशाख, २०८१ 

गाईभैंसी नै बिरामी पर्ने बिस्कुट मान्छेलाई

काठमाडौँ विजुलीबजार स्थित वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा मंगलबार बिहान साढे ११ बजे एउटा गोप्य सुचना पुग्यो । सूचना दिनेहरुले बालाजुको एउटा खाद्य गोदाममा म्याद गुज्रेका खाद्यवस्तु रि लेवलिङ गरेर बजार पठाउने काम भइरहेको दावी गरे । विभागका महानिर्देशक प्रकाश पौडेलले त्यस्तो स्थानमा तत्कालै छापा मार्न आफ्ना निर्देशक शिवराज सेढाईको नेतृत्व परिचालन गरे । विभागले अपराध महाशाखासँग प्रहरी सपोर्ट माग्यो । महाशाखाले डिएसपी दुर्गा रेग्मीलाई तत्कालै खटायो ।

सूचना दिनेले कुन कम्पनी, कुन ब्रान्ड र कुन स्थान समेत खुलाउन मानेन । बिजुलीबजारबाट मुभ भएको टोली दिउँसो दुई बजे बालाजु पुग्यो । त्यो बेला रिलेवलिङ गरिरहेका कामदारहरु सबै गोदाम बन्द गरेर खाजा खान निस्केका रहेछन् । गोदाम अघिल्तिर एक प्रहरी सर्वसाधारण झै बसिरहे । गोदाम खुलेको सूचना उनले दुई बजेर ३० मिनेटमा दिए । त्यसपछि प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता हिन संरक्षण विभागको टोलीको रेड गोदाममा पर्यो ।

बालाजुको भाटभटेनी सुपर स्टोरभन्दा केही अगाडि एउटा गोदाममा चार पाँच जना कामदार, सुवास खड्का नामका व्यवस्थापक भेटिए । गोदाममा विभिन्न ब्रान्डका खाद्य सामाग्री, रिलेवल गर्ने मेसिन, एमआरपी र एक्स्पाइरी डेट मेटाउन प्रयोग हुने मसि, मेटाउन चाहिने केमिकल, ब्रस आदि फेला परे ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।