सोमबार, ०४ असोज, २०७८ 

सोच्दै नसोचेको भयो ! प्रहरीलाई भ्यानभित्रै लात्ताले हाने, त्यसपछी के गरे ?

भदौ ९ नेपालमा थुनुवालाई कुनै ठाउँमा स्थानान्तरण गर्दा उनीहरु भाग्ने गरेको खबर सार्वजनिक हुनु सामान्यजस्तै भइसकेको छ। प्रहरीकै पञ्जाबाट थुनुवाहरु सजिलै उम्किन्छन् र उनीहरुलाई खोज्न फेरि प्रहरीलाई नै सास्ती हुन्छ।

यसैबीच प्रहरीलाई लात्ताले हानेर जिल्ला प्रहरी काभ्रेको हिरासतमा रहेका एक थुनुवा फरार भएका छन्। पूर्पक्षका लागि जिल्ला कारागार ल्याउने क्रममा प्रहरीलाई लात्ताले हानेर काभ्रे महाभार ६ का सुनिल बाइवा फरार भएका हुन्।

उनी चोरी तथा डाँका मुद्दामा पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालयले बाइवा फरार भएको स्वीकार गरेको छ। प्रहरीका अनुसार उनले पानी प्यास लागेको बताएका थिए।

पानी खान दिँदा हतकडी टाइट भयो लुज गर्दिनुस् भनेपछि प्रहरीले लुज गर्न खोज्दा लात्ताले हानेर उनी फरार भएका हुन्। उनको खोजी तिब्र पारिएको काभ्रे प्रहरीले बताएको छ।

सम्बन्धित समाचार

पैसाकै कारण ललितपुरबाट पक्राउ परे ३२ वर्षीय हिरालाल

उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा २५ लाख जरिवाना तोकिएका हिरालाल श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७८ असार २९ गते श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन...

अलैंची पाकेपछि लमजुङका किसानलाई छोडाउन र सुकाउनको चटारो, अलैंची खेलिबाटै १८ करोड २० लाख गरे आम्दानी

एजेन्सी-चर्चित बलिउड अभिनेत्री दिशा पटानीलाई दिल्लीमा एक फ्यानले लगातार पिछा गरेर हैरान बनाएपछि अंगरक्षक राख्ने निर्णय गरेकी छिन् । विज्ञापन सुटिङका लागि दिल्ली पुगेकी उनलाई एक अपरिचित व्यक्ति पछि पछि लागेर हैरान बनाएपछि दिशाले यस्तो...

अभिनेत्री दिशासँग भेट्न नदिएको भन्दै होटलका कर्मचारीसँग झगडा गरे यि युवक

एजेन्सी-चर्चित बलिउड अभिनेत्री दिशा पटानीलाई दिल्लीमा एक फ्यानले लगातार पिछा गरेर हैरान बनाएपछि अंगरक्षक राख्ने निर्णय गरेकी छिन् । विज्ञापन सुटिङका लागि दिल्ली पुगेकी उनलाई एक अपरिचित व्यक्ति पछि पछि लागेर हैरान बनाएपछि दिशाले यस्तो...

दमकमा ९३ वटा लियो क्लबहरु एकैसाथ

दमक, ३१ लायन्स क्लब इन्टरनेशल अन्र्तगत रहेको लियो डिष्ट्रिक काउन्सिल ३२५ ए वान को १० औं पदस्थापन तथा डिष्ट्रिक काउन्सिल मिटिङ दमकमा गर्ने तयारी तिब्र रुपमा अगाडी बढीरहको छ । यस कार्यक्रम सञ्चालनको जिम्मा लिएका...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।