बिहिबार, २० मंसिर, २०८१ 

दाजुको कुटपीटबाट भाईको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका–९ का ५० बर्षीय पुलकित चौधरीले कुटपिट गर्दा भाई ३६ बर्षीय खुशिलाल चौधरीको मृत्यु भएको छ । गत २० गते राती ८ बजेको समयमा सामान्य बिषयलाई लिएर दाजु भाई वीच बादबिबाद भई कुटपिट हुँदा घाईते भएका खुशिलाललाई उपचारको लागी जिल्ला अस्पताल गाईघाट हुँदै थप उपचारको लागी बिराटनगरको गोल्डेन अस्पताल लगी उपचार भईरहेकोमा उपचारको क्रममा बुधवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनामा संग्लग्न पुलकितलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

चिया ऐन बनाउन सभामुख घिमिरेको ध्यानाकर्षण

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चिया क्षेत्रका समस्या सम्वोधनका लागि आवश्यक समन्वय एवं पहल गर्ने बताएका छन् । सोमबार बिर्तामोडमा भएको छलफलमा सभामुख घिमिरेले चिया क्षेत्रका कतिपय समस्या पहिलो पटक थाह भएकोमा आश्चर्य प्रकट गर्दै समस्या...

साथी सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

शिवसताक्षी १, धरमपूर बजार स्थीत साथी बहुउदेश्य सहकारी संस्था लि.ले आज तेस्रो वार्षिक साधरण सभा सपन्न गरेको छ । संचालक समिति अध्यक्ष दिल बहादुर लिम्बुको अध्यक्षता, शिवसताक्षी वडा नं १ का अध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङको...

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।