शनिबार, ०८ बैशाख, २०८१ 

वाल्मीकि लिङ्कन कलेजमा नयाँ विषय थप

बिर्तामोड, चैत ५ । झापाको बिर्तामोडमा सञ्चालित वाल्मीकि लिङ्कन कलेजले यस शैक्षिक सत्रदेखि वीएचम र वीआईटी विषय थप गर्ने भएको छ ।

विगत पाँच वर्षदेखि बिर्तामोडमा सञ्चालित उक्त कलेजले विद्यार्थीकोे रुचीलाई मध्यनजर गर्दै नयाँ विषय थप गर्ने निर्णय गरेको हो । यस अघि उक्त विषय अध्ययन गर्न विद्यार्थी राजधानी केन्द्रीत हुँदै आएका थिए । तर, प्रदेश नम्वर १ मा नै पहिलो पटक लिङ्कन कलेजले वीएचएम र वीआईटी विषय थप गरेसंगै अब विद्यार्थीले सीपमुलक विषय अध्ययनका लागि अन्यत्र जानु नपर्ने भएको हो ।

नेपाल सरकार शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त र त्रिभूवन विश्व विद्यालयको समकक्षता प्राप्त यि विषय अध्ययन पश्चात विद्यार्थीमा सीप विकास भएर रोगजारीमा टेवा पुग्ने कलेजले विशवास लिएको छ । लिङ्कन कलेजका प्रिन्सिपल किशोर वस्नेतका अनुसार वीएचएम र वीआईटी विषय अध्ययनपछि विद्यार्थीहरु वेरोजगार बस्नु नपर्ने र विदेशमा सहज रुपमा काम गर्न सक्ने छन् ।

विद्यार्थीले कक्षा ११ र १२ मा कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषय अध्ययन गरेपछि काठमाडौं, विराटनगर, इटहरी, धरान,जानु पर्ने वाध्यता समेत हटेको बताउँदै प्रिन्सिपल वस्नेतले भने – ‘विद्यार्थीको रोजाइमा बिर्तामोडमा नै प्राविधिक विषय अध्ययन– अध्यापन हुने वातावरण सृजना हुनु विद्यार्थीका लागि मात्र नभई अभिभावका लागि पनि गौरवको विषय हो ।’

विएचएम् र वीआईटी विषय अध्ययन गर्नका लागि विद्यार्थीले जुनसुकै शंकायबाट पनि प्लस टु गरेको हुनुपर्छ प्रिन्सिपल बस्नेतले भने – वीएचएम् कोर्ष चार वर्षे र विआईटी कोर्ष तीन वर्षे रहेको छ ।

लिङ्कन युनिर्भरसिटी मलेसियाको हायर एजुकेशन एण्ड मलिसियन क्वालिफइन एजेन्सीबाट मान्यता प्राप्त एउटा प्राइवेट विश्व विद्यालय हो । यो विश्व विद्यालयबाट मान्यता प्राप्त वाल्मीकि लिङ्कन कलेजमा विद्यार्थीले अध्ययन गरेपश्चात अन्तराष्ट्रिय डीभी आउन र त्रिभूवन विश्व विद्यालयबाट पनि प्रमाणपत्र पाउन सहज हुने प्रिन्सिपल वस्नेतको भनाई छ ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।