आइतबार, ०९ बैशाख, २०८१ 

याक्थुङ हाक्पारे साम्लो सजुमले पुरस्कार वितरण गर्यो

प्रथम विश्वव्यापी अनलाइन साम्लो २०७७ को आज पुरस्कार वितरण तथा साँगीतिक कार्यक्रम सम्पन भएको छ ।

याक्थुङ हाक्पारे साम्लो सजुमले आयोजना गरेको विश्वव्यापी अनलाईन साम्लो प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण एवं सम्मान गरिएको सो कार्यक्रम सजुमका अध्यक्ष इक्साहाङ चेम्जोङको सभापतित्व, प्रदेश १ का पूर्व अर्थमन्त्री इन्द्र बहादुर आङ्बोको प्रमुख आतिथ्य र किरात याक्थुङ चुम्लुङका प्रदेश १ अध्यक्ष धुर्व मेन्याङ्बोको विशिष्ट आतिथ्यमा दमकमा रहेको किरात भवनमा सम्पन्न भएको थियो ।

प्रतियोगीतामा प्रथम अमरजंग केदेम, द्धितिय गरिमाया लिम्बु र तृतिय मुक्ति इधिङगो प्रसशा पत्र सहित नगदराशी क्र.म.स. ५५ हजार, ३० हजार र २० हजार प्रमुख अतिथिको हस्तवाहुलीबाट प्रदान गरिएको थियो । साथै विभिन्न उप शिर्षक विजेता हुनेहरु १० जनालाई प्रसंशा पत्रले सम्मान गरिएको थियो । अनलाई मार्फत भिडियो उपलब्ध गराई सहभागी भएका २ सय बढी प्रतिष्पर्धीहरुबाट निर्णायकहरु कलाकार यासेली योङहाङ, लोकप्रिय गायिका झुमा लिम्बु र कवि मधु केरुङले छनौट गरेको आयोजक समिति सदस्य इन्दिरा नेम्बाङले जानकारी दिइन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आङबोले प्रदेश १ को नाम लिम्बुवान राखेता पनि आफुलाई आपत्ती नरहेको बताएका छन् तर प्रदेश १ मा खम्बुवान प्रान्त पनि पर्न गएको कारण सबैलाई समेट्ने गरी किरात नाम राख्न उपयूक्त हुने बताए जसको समर्थनमा आफु रहेको पनि बताएका थिए । साथै लिम्बुवानका विषयमा आफुले दिएको अविव्यक्तिको गलत अर्थ लागेको भन्दै आफ्नो आसय त्यस्तो नभएको पनि स्पष्ट पारेका थिए ।

कार्यक्रममा प्रतियोगीहरुले हाक्पारे साम्लो प्रस्तुत गरेका थिए । कार्यक्रम निर्णाय समेत रहेका कवि मधु केरुङले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।