शुक्रबार, ०७ असोज, २०७९ 

हिउँको चिसो अँगालोमा बाँधिदाको न्यानो अनुभूती


आकस्मीक तय भएको यात्राले विहानीको ४ः३० बजे नै, मलाई जुरुक्कै उठायो । बाहिर हुस्से लागेको थिएन, तै पनि सदाभन्दा निकै चिसो बढेको महसुस भईरहेको थियो ।

अचानक यात्रा शुरु भयो । झापाको दमकबाट मोरङ, सुनसरी, धनकुटा हुँदै तेह्रथुम, संखुवासभासम्मको । यात्रामा केही पुराना र नयाँ भाइबहिनीहरुको साथ थियो । निर्धारण गरेभन्दा भन्दा अलि ढिलो भयो गन्तव्यमा निस्कन । मेरा लागि यात्रा त्यति सहज थिएन । किनभने हामी हिउँ खेल्न हिडेका थिर्यौ जब कि मेरो लागि चिसो एलर्जी थियो । चिसो देखि सधै टाढा रहेको र बस्नुपर्ने मान्छे हिँउका ह्रासहरुसँग प्रित गाँस्न रहर गरिरहेको थिएँ ।

चिसो हिँउलाई अँगालो भरी समेटेर चुम्न लालायित थिए मनहरु, विल्कुल झरनाले सागरलाई भेट्न आतुर भएझै । त्यो कुरा भाइबहिनीहरुको अनुहारमा प्रष्टै पढ्न सक्थें ।

यात्रा अघि बढ्दै थियो । हृदयभरी सुन्दर दृश्यहरु नाँचिरहेका थिए । लिम्बूवानको उर्वरभूमी, संखुवासभामा अवस्थीत ऐतिहासिक गुफापोखरी अनि गुफापोखरीसँग युगौंदेखि मायालु मुस्कान साट्दै पारीपट्टी उभीरहेको ताप्लेजुङडाँडा । उनीहरुको अमरप्रेम प्रति बाधक बनेका इष्र्यालु बादलका धब्बाहरु, अनि न्यानो माया साट्न पर्खिरहेको चिसा हिउँहरु ।

मलाई थाहा थियो, चिसो हिउँले मलाई राम्रो गर्नेछैन । रहरले तानिरहेको, बाध्यताले रोेकिरहेको, यही मझधारमा मेरो थोत्रो भटभटे अरुकोभन्दा बिस्तारै गुडीरहेको थियो ।

‘‘हिउँ खेल्ने वित्तिकै आगो ताप्नु हुँदैन है हातखुट्टा चुडिएर झर्ला नि ।’’ हिड्नेवेला आमाले भन्नुभको कुरा सम्झना आयो । डर लाग्यो बिर्सिएर आगो तापियो भने त ।

यात्रा अविस्मरणीय बन्दै गयो । भेडेटार हुँदै तमोर काटेर धनकुटाका घुमाउरा बाटाहरु उक्लिदै थियौं । अस्ताउँन लागेको घाम, गोधुली साँझ । किरातीहरुको पहिचान हिलेको तोङ्बाको देब्रेपटिबाट मोडिएर सिधुवा पुग्यौ ।

केही साथीहरु अघि बढि सकेकोले गर्दा म लगायत केही भाइबहिनीहरुले त्यहाँ चियाको चुस्की लियौ । पुःन गन्तव्यतिर हुइकीयौं बसन्तपुरमा लालीगुँरासको प्रतिमाले हामीलाई मुस्कुराएर स्वागत गर्दै थियो । साँझ पर्न लागेको थियो हामीले कालोपत्रे सडकलाई छोडेर कच्ची बाटोतर्फ भटभटेलाई मोड्यौ । तिनजुरेको फाँटहरुमा लालीगुँरासका बोटहरुले स्वागत गरीरहेको थियो । मैले राम्ररी हेरे केही चिल्ला भिराला चौरहरु ठूला ठूला ढुङ्गाका भित्ताहरु सोचेको थिइन मैले गुँरासका पनि त्यति ठूला रुखहरु हुन्छन् भनेर त्यसै भनिएका होइन रहेछन् तिनजुरेलाई लालीगुँरासको राजधानी भनेर साच्चै कति ठूलो जङ्गल गुँरासहरुको जहाँ ३२ जाति मध्ये २८ जातीको गुँरासहरु पाइदो रहेछ ।

लालीगुँरासले छपक्कै छोपेको तीनजुरेका सुन्दर पाटाहरुलाई हुदै अघि बढ्न लाग्दा बाटोमा हिँउका धब्बाहरु देख्न थाल्यौ । अध्याँरो भइसकेको थियो । एकदमै चिप्लो बाटो आउन थाल्यो । जहाँ हिउँ जमेर सिसा जस्तै बनेको रहेछ । केही साथीहरु त्यहिबाट फर्किदै थिए ।

रात प¥यो के गर्ने होला मनमा पीर थियो । साथीहरुले मलाई छोडी सकेको थिए । झमक्कै रात परेर अन्धकार हुन थालेको थियो । म आफ्नो गन्तव्यतिर लम्के परपर हेर्दा लाग्यो ती बत्तीहरुको झिलिमिली होईन आकाशबाट धर्तीमा ओर्लिएका ताराहरु जस्तो चमचमाइरहेको थियो ।
हामीलाई निकै सकस भयो बाटो कठिन थियो नै मैले निकै पल्ट भटभटे लडाएँ चिसोले स्टार्ट हुनु सकिरहेको थिएन जोखीम मोलिरहेको थियौं । यस्तो चुनौतिपूर्ण यात्रा मेरो लागि एउटा अवसर बनिरहेको थियो । हामीले बल्लबल्ल त्यो हिँउको बाटो पार गरेर अघि बढ्यौ गाउँहरु कतै कतै मात्र भेटिन्थ्यो । निक्कै माथि पुगेर रोकेपछि फर्केर हेर जुन पूर्ण गोलाकार हुन लागेको थिएछ, हिउँका ह्रासहरु टलक्क टल्कीदा मनै लोभ्याउने गरी सुन्दर युवती मुस्कुराइ रहेको जस्तो लाग्यो । यात्रा निरन्तर जारी नै थियो लगभग हामी ८ः३० बजेतिर मंंगलबारे पुग्यौ र त्यही बस्ने बन्दोबस्त ग¥यौ रात निकै चिसो थियो । मौसमले दिएको चुनौतीलाई प्रतिस्पर्धा गर्दै सागर जी र मैले चै खुकुरी रम खोल्यौ र पिउँदै गीत गाउन थाल्यौ “जता हेरे पनि हजुर पूर्वै रमाइलो …..” सबैले साथ दिइरहेका थिए । प्रिय बहिनी सुमिले साथै अरुले पनि हामी बास बसेको ठाउँ लगभग २६३६ मिटरको उचाइमा थियो । मध्यरात तिर चिसोले निकै सतायो मलाई डर पनि लाग्यो ती सबै चिसो रातहरुलाई पार गर्दै बिहानीको झुल्के घामलाई चुम्बन गर्न पाइयो घाम उदाएर पारिपट्टि देखीने सुन्दर हिमाल खुसि भएर मुस्कुराइ रहेको थियो ।

त्यसपछि हामीले गुफा पोखरीको यात्रा तय गर्नै लाग्दा मेरो भटभटेमा समस्या देखा पर्यो, त्यसपछि म सागर जी सँग बसे र हामी गन्तव्य तर्फ हुँइकियौं, म त्यतिबेला मस्तिष्क भन्दा पनि हृदयले संवाद गरिरहेको थिए ति ठूलाठूला पहाडहरु फराकिला भिराला मैदानहरु तल तल देखिने चौरी गोठहरु ठूलाठूला गुँरासका बोटहरु अनि त्यहाँ भित्र मौन भएर बसेका ती हिउका केही अवशेषहरु म कल्पना गर्दै थिए ती सबै एक आपसमा ठोक्कीएर निस्किएका गुन्जयमान संगीतहरुको मिठो सुरीलो धुन मेरो हृदयले महशुस गरिरहेको थियो ।

साँच्चै प्रकृति कति सुन्दर मनोरम हुँदोरहेछ यो २१ औं शताब्दीका मान्छेहरुको कोलाहालपूर्ण पट्यार लाग्दा आवाजहरु मिथ्या वर्णनहरु भन्दा प्रकृति कति शान्त र मौन छ । उ भित्र हजारौ गुणयुक्त सुन्दरताले भरिए पनि कहिल्यै आफ्नो वर्णन आफै गर्न जानेन वसः अनेकौ चोटहरु सहेर पनि स्मिथ मुस्कानमा मलाई मन्त्रमुग्ध बनाईरहेको थियो । त्यति बेला हामी गुफा पोखरी क्षेत्र पुग्यौ बाटोको छेउमा सानो पोखरी थियो । त्यस माथि कसैले सिसा विछ्याइ दिएर परबाट ढुङ्गाले प्याट्ट हाने जस्तै गरी चिरा–चिरा परेको थियो डाँडा, थुम्काहरुलाई हिँउले झपक्कै ढाकेको थियो । बेहुलीलाई घुम्टोले छोपे झै आहा कति लजाएकी बेहुली झै प्रकृतिले श्रृगारीएकी ती थुम्काहरु, गुँरासका डाँडाहरु हामी त्यही रोकिएर हिँउसँग खेल्न थाल्यौ, वर्षौ देखिका कुण्ठित भावनाहरु पोख्न थाल्यौ । एक आपसमा मनहरु साटासाट गर्न थाल्यौ, हामी सबै हिँउका भँुवाहरुले हानाहान गर्न थाल्यौ ।

मलाई लाग्दै थियो त्यतिबेला ती मोती झै दानाहरुले हामीलाई संसार भुलाएर ऊ भित्रै हराइदिएको थियो, मनभित्रका सबै सबै पिडाहरु भुलाइ दिएको थियो, ती हिँउका ह्रासहरु माथि हामी एउटा अबोध बालक झै मनपरी गरीरहेका थियौ घरी सुत्दै, लड्दै, हिँउका ढिस्काहरु भत्काउँदै आफै आफै भित्र हराउँदै आफू अनुकुल बनाउँदै थियौ त्यो समय म सबैको मनभित्र पसेर हृदयलाई अध्येता भएर पढिरहेको थिएँ, यो प्रकृतिको उपहार पनि कति विचित्रको हुँदो रहेछ है आफै भित्र प्रश्न चिन्ह खडा गर्दै थिए । त्यति बेलासम्म हामी सबैको हिँउले भिजेर कपडाहरु चिसो भइसकेको थियो ।

हिउँका ढिस्काहरु कोट्याउदा मेरा हातमा लगाएको कपडाको पञ्जा च्यातिसकेको थियो । निकै समय हामीले हिउँका मोती झै दानाहरुलाई तहसनहस पारिसके पछि सामुहिक तस्वीर लिदै फेरी समय मिलाएर भेट्ने बाचाका साथ एउटा प्रेमीले प्रेमीकाले छाडेर हिडे झै मनलाई भारी बनाएर विदा माग्यौ । म धेरै वर आएर ढुङ्गा माथि बसेर छाडेका ठाउँलाई पछि फर्केर हेरे ती हिउँका सेता सुन्दर तहमाथि एउटी सुन्दर युवतीले विदाइका हात हल्लाएर फेरी आउने निम्तो दिइरहेको जस्तो लाग्यो एक्कासी टाउको दुःखेर शरीर चिसो भएको महशुस गरे । भोकले पनि शरिरलाई निकै सताइरहेको थियो त्यसपछि हामी गुफापोखरी तर्फ बढ्यौ केही समयमा हामी गुफा पोखरी पुगी याक होटलमा खाना खान पस्यौं बाहिर हिउँका भुँवाहरु खस्न थाल्यो चिसो बढ्यो मौसमले चुनौती दिए झै लाग्यो र मैले सागर जी लाई सोधे “हामी १० को पिउँ” उसले सहमती जनायो र हामीले स्थानीय ब्राण्डलाई प्रोत्साहन गर्दै १० को थप्यौं र केही हरफ कविताको माध्यमबाट शेर्पेनीको बैशालु छोरीलाई व्यन्जनाको माध्यमबाट जिस्कायौ ।

खाना तयार भयो जीवनमै पहिलो पटक चौरीको सिकुटी खाने अवसर सागर जी प्रियभाई आशिस र मलाई मिलेको थियो । झण्डै गोरुको जस्तै हुदोरहेछ मैले भने सबैले सहमती जनायो, त्यसपछि हामी पुनः फर्केर आफ्नो थलो फर्कीयौ फेरी आउने बाचाका साथ मलाई मनभित्र अल्झि रह्यो भुसुक्कै बिर्सीएछ, मैले सोध्न बिर्सिएछु गुफापोखरी नाम कसरी रहन पुग्यो होला त्यो बाँकी नै रह्यो अर्को पल्ट अन्वेशक भएर आउँला फेरी चौरीको सिकुटी र शेर्पेनीको रातो गालाले पनि हृदयमा ठाउँ बसाइसके कै थियो । आखिर ..।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।