समदर्शी संचार, सोमबार, १० माघ, २०७८, दिउँसोको ०२:२६ बजे
दमक झापाबाट संचालित ‘धुन क्रिएशन’ च्यानलले कभर भिडियो प्रतियोगीता गर्ने भएको छ ।
धुन क्रिएशन मार्फत हालै सार्वजनिक गरिएको गीत ‘तिमी नाँच फिरिरि’ को कभर भिडियो प्रतियोगीता राखिएको हो । सो गीतमा गीतकार एवं संगीतकार बेहोसी उदासको शब्द संगीत तथा गायक प्रमोद खरेलको आवाज रहेको छ ।
कलाकारिता क्षेत्रमा भविष्य खोज्ने नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्नका लागि सो प्रतियोगिता सञ्चालन गरिएको गीतकार एवं संगीतकार बेहोसी उदासले जानकारी दिएका छन् ।
प्रतियोगीले ध्यानदिनु पर्ने सर्तहरुमा – प्राप्त भएको कभर भिडियो धुन क्रिएशन च्यानलमा अपलोड गरेपछि सो भिडियोले प्राप्त गरेको लाईक, सब्स्कक्राइब र कमेन्टको आधारमा उत्कृष्टलाई विजेता घोषणा गरिने प्रतियोगीताका संयोजक नोमेश राजवंशीले जानकारी दिएका छन् ।
सहभागीताको लागि भिडियो पठाईसकेपछि सहभागीले कपीराईट सम्बन्धी कुनै किसिमको दावी गर्न नपाउने आयोजकले सर्त राखेको छ ।सहभागीले भिडियोको साथमा ठेगाना र परिचय खुल्नेगरी आफ्नो जानकारी पठाउन अनुरोध गर्दै भिडियो टेलीग्राम @dhun Creation मार्फत सन २०२२ अप्रिल अन्तिम सम्ममा भिडियो उपलब्ध गराउँन सक्न अनुरोध गरेको छ ।
कभर भिडियो विजेताका लागि प्रथम पुरस्कार रु २५ हजार, दितिय पुरस्कार रु १५ हजार र तृतिय पुरस्कार रु १० हजार रहेको आयोजकले जानकारी दिएको छ ।
लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...
समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...
दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...
बिर्तामोड, बैशाख ५। शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा सोमबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद...
हाम्रो बारेमा
समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।