शुक्रबार, १६ चैत, २०८० 

हरप्रहर मिडिया प्रालिको पत्रकारिता तालिम सम्पन्न


माङसेबुङ, ८ माघ । माङसेबुङ गाउँपालिका वडा ६ मा सात दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । माङसेबुङ वडा नः ६ को आर्थिक सहयोग र हरप्रहर मिडिया प्रा.लि .इलामको आयोजनामा तालिम सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रमका प्रमुख अथिति माङसेबुङ गाउँपालिका वडा ६ का वडासदस्य राम चन्द्र राईले प्रशिक्षार्थीहरुलाई शुभकामना दिँदै समाजमा भएको बेथिति, विसङ्गतीहरुको बिरुद्ध लेख्न साथै सधै सत्यको पक्षमा कलम चलाउनमा जोड दिए ।

तालिम समापन कार्यक्रममा चिसोपानि माविका शिक्षक सुदिप राईले तालिमलाई व्यवहारिक रूपमा उतार्न र पत्रकारिता पेशा निष्पक्ष हुनुपर्नेमा जोड दिएका थिए । माङसेबुङ वडा २ का वडासदस्य रमा लिम्बू राईले पत्रकारिताको सिद्धान्तलाई पूर्ण पालना गरेर अघि बढ्न शुभकामना व्यक्त गरिन् ।

माङसेबुङ ६ स्थित बाँझो स्वास्थ्य चौकीका प्रमुख दमन्ता धमलाले पनि पत्रकारितामा लाग्न र सत्य तथ्य समाचारहरु लेख्न प्रशिक्षार्थीहरुलाई प्रेरणा दिएकी थिइन् ।

कार्यक्रममा सहभागीहरूको तर्फबाट जगत राईले आफूहरु तालिमले समाचार लेखनमा अघि बढ्न आत्मविश्वास जागेको र आफू लागि पर्ने प्रतिबद्धता समेत रहेको जानकारी गराएका थिए ।

सात दिनसम्म सञ्चालन भएको तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि राईले प्रमाण पत्र वितरण गरेका थिए ।
आयोजकले प्रशिक्षकहरुलाई र सहयोगी संघसंस्थाहरूलाई कदर पत्रले सम्मान गरेको थियो । भने प्रशिक्षार्थीहरूले प्रशिक्षकहरूलाई फूलको माला र मायाको चिनो प्रदान गरेका थिए ।

माघ २ बाट सुरु भएको तालिमले ग्रामिण पत्रकारितालाई उजागर गर्ने उद्देश्यले आर्थिक वर्ष २०७७÷०७८ मा बिनियोजित बजेटबाट तालिम आयोजना गरिएको हरप्रहर मिडियाका कार्यकारी प्रमुख सुसन राईले जानकारी दिए ।
तालिमलाई फोनिज सङ्घीय सचिव कमन देवान, यलम्बर टाइम्सका प्रकाशक सम्पादक दिपिन राई, रेडियो माङसेबुङका स्टेसन म्यानेजर सुमन लावती, सञ्चारकर्मी भूमिका फियाक लिम्बूले सहजीकरण गरेका थिए ।

समापन कार्यक्रमको अध्यक्षता प्रा.लि का अध्यक्षता सुसिल कुमार राईले गरेका थिए भने कार्यक्रम संचालन भूमिका फियाकले गरेकी थिइन् ।

सम्बन्धित समाचार

जेष्ठ २१ गते झापामा साकेला सिली भव्यताका साथ समापन हुने

दमक, जेष्ठ । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक...

कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने मेरो पहिलो प्राथमिकता –लक्ष्मी प्रसाद चेम्जोङ

लक्ष्मी प्रसाद चेम्जोङ बि.सं. २०४९ र २०५४ मा शिवसताक्षी नगरपालिका वडा १ को अध्यक्ष पदमा २ पटक निर्वाचित भए , २६ वर्षको कलिलो उमेरमा । लगातार २ कार्यकाल नेतृत्व गरेका उनले यसपटक पुन वडाध्यक्षको उमेरद्धारी...

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सम्भव हुने काम पनि गर्न सकेन् – दुर्गा नेम्बाङ

समदर्शी सञ्चार अनलाईन खबरमा तपाईलाई स्वागत छ । नमस्कार, समदर्शी सञ्चार अनलाईनका सम्पूर्ण पाठकहरुमा म दुर्गा नेम्बाङको तर्फबाट अभिवादन व्यक्त गर्दछु । तपाई राजनीतिमा सक्रिय हुनुभएको कति भयो ? राजनीतिमा क्रियाशील भएको त्यस्तै ७ वर्ष...

सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा

दमक १, झापा फाल्गुनन्द चोक नजिकै सेन्छेलुङ माङ सामग्री स्टोर संचालनमा आएको छ । किरात धर्म संस्कार अन्तर्गत सेवा पुजा गर्दा आवश्यक पर्ने सबैखाले सामग्रीहरु उपलब्ध गराउँने उदेश्यले गत बैशाख ५ गते देखि सेन्छेलुङ माङ...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।